हर्कले पूरा गरे चुनावी वाचा, धरान पुग्यो खानेपानी ! [भिडियो सहित]

काठमाडौँ – धरान उमपहानगरपालिका मेयर हर्क साम्पाङले चुनावी वाचा पूरा गरेका छन्। स्थानीय तहको निर्वाचनका क्रममा गरेको चुनावी वाचालाई साम्पाङले पूरा गरेका हुन्।

चुनाव अगाडी गरेको वाचा अनुसार सोमबार साम्पाङले धरानकाे बजारमा खानेपानी पुर्याएका छन्। सर्दु, खर्दु निशानेको खानेपानिं धरान बजार पुर्याएको साम्पाङले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।

खानेपानी धरान पुगेको बारे सामाजिक संजाल मार्फत जानकारी गराउँदै उनले सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई उनले धन्यवाद दिएका छन्।

“आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुर्‍याएका छौँ ! सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !”,साम्पाङले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : सोमबार, भदौ २७, २०७९२१:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिँड्दाहिँड्दै कतिबेला नालीमा खस्ने हो ठेगान नै छैन !