छानबिनकै क्रममा राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ? अभिनेत्री रीमा !

अहिले सामाजिक सञ्जालमा अभिनेत्री रीमा विश्वकर्माले सार्वजनिक गरेको पोस्ट निकै भाइरल भएको छ । सार्वजनिक गरिएको पोस्टमा अभिनेत्रीले अहिले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राख्नु न्यायपूर्ण नभएको बताएकी छिन् । अभिनेत्रीले अहिले अनुसन्धान भएर दोषी ठहर नहुँदै क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राख्नु उचित नभएको बताएकी छिन् ।
अहिले अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई छानबिन नहुँदै दोषी ठहर भए जसरी कालो सूचिमा राख्नु न्यायपूर्ण नभएको विचार व्यक्त गरेकी छिन् ।
यस प्रकार छ अभिनेत्रीले सार्वजनिक गरेको पोस्ट ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी  एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई  कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’
प्रकाशित : सोमबार, भदौ २७, २०७९१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तामिल क्षेत्रमा प्रवेश गर्दै अभिनेता संजय दत्त, विजयसँग यस फिल्म देखिने ?