काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९३ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आज चाँदी १ हजार १ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ। नेपाली बजारमा चाँदीको मूल्य गत बिहिबार बढेपछि त्यसयता घटबढ भएको छैन।