बाँस्कोटालाई गठबन्धनबाट को प्रधानमन्त्री बच्छ भन्ने चासो, तेर्स्याए प्रश्न !

काठमाडौं,  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् । गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन् ।

‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् ।

प्रकाशित : आइतबार, भदौ २६, २०७९१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अलर्ट रहन सेनालाई प्रधानसेनापतिको निर्देशन !