ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई धेरै महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ र अशुभ प्रभाव पार्छ। ५ दिनपछि सेप्टेम्बर महिनामा सबैभन्दा ठूलो राशि परिवर्तन हुँदैछ। १७ सेप्टेम्बर २०२२ मा, सूर्यले राशि परिवर्तन गर्न गइरहेको छ। यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्नेछ। सूर्य कन्या राशिमा प्रवेश गरेमा केही राशिलाई शुभ फल मिल्नेछ भने केही राशिका लागि अशुभ फल मिल्नेछ। जानौँ सूर्यको राशि परिवर्तनले सबै राशिको अवस्था कस्तो रहनेछ। पढ्नुहोस् मेष देखि मीन सम्मको अवस्था।।।
मेष राशि

आत्म संयमित हुनुहोस्। धैर्य गर्ने प्रयास गर्नुहोस्। साथीभाइको सहयोग मिल्नेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। व्यापार व्यवसायका लागि वैदेशिक यात्रामा लाभ मिल्ने देखिन्छ।
वृष राशि

आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। मन प्रसन्न रहनेछ तर धैर्यताको कमी हुनेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो खुल्नेछ। खर्च धेरै हुनेछ।
मिथुन राशि

संयमित हुनुहोस्, अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। मनमा नकारात्मक विचार आउनसक्छ। व्यापार व्यवसायमा सुधार आउनेछ। वाहन सुख प्राप्त हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।
कर्कट राशि

जीवन कष्टदायी हुन सक्छ। परिवारको सहयोग मिल्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। लेखन–बौद्धिक कार्यले मान सम्मान मिल्नेछ र आम्दानीमा पनि वृद्धि हुनेछ। खर्च पनि बढ्नेछ।
सिंह राशि

मन प्रसन्न रहनेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। परिवारमा मान सम्मान मिल्नेछ। सरकार–शक्ति सहकार्य पनि हुनसक्छ।
कन्या राशि

विश्वस्त हुनुहोस्, तर अति जोसिलो हुनबाट जोगिनुहोस्। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। शैक्षिक कार्यमा ध्यान दिनुहोस्। आम्दानी बढ्न सक्छ। व्यवसायिक क्षेत्रमा मान-सम्मान पाउन सकिनेछ।
तुला राशि

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि रहनेछ। तर मनमा नकारात्मकताको प्रभावबाट टाढा रहनुहोस्। पारिवारिक जीवन सुखमय रहनेछ। आपसी सहयोग पनि हुनेछ। आम्दानी बढ्नेछ।
वृश्चिक राशि

मन अशान्त रहनेछ। आत्म संयमित हुनुहोस्। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। व्यवसायमा कठिनाइको सामना गर्नु पर्नेछ। व्यर्थ दौडधुप हुनेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला।
धनु राशि

मन अशान्त रहनेछ। आत्म संयमित हुनुहोस्। अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। घरपरिवारमा धार्मिक कार्य हुनसक्छ। खानामा रुचि बढ्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला।
मकर राशि

आत्मविश्वास बढ्नेछ, तर आत्मसंयम रहनुहोस्। अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। बौद्धिक कार्यमा संलग्नता बढ्नेछ। कार्यक्षेत्र पनि बढ्नेछ। साथीभाइको सहयोग पनि मिल्न सक्छ।
कुम्भ राशि

मन प्रसन्न रहनेछ। आत्मबल पनि धेरै रहनेछ। पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ।
मीन राशि

पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। व्यापार बढ्नेछ। लामो समयदेखि कतै रोकिएको पैसा फिर्ता हुन सक्छ।
