सूर्य राशि परिवर्तनलाई ज्योतिषशास्त्रमा धेरै महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राजा सूर्यलाई आत्मा, पिता र साहसको कारक मानिन्छ। असोज १ गतेबाट सूर्य सिंह राशि छोडेर कन्या राशिमा प्रवेश गर्नेछ। कन्या राशिमा सूर्यको आगमनले धेरै राशिको भाग्य सूर्य जस्तै चम्कन सक्छ। जान्नुहोस् सूर्यको राशि परिवर्तनबाट कुन-कुन रशिलाई शुभ हुनेछ ?
सिंह राशि

कन्या राशिमा सूर्यको आगमनले सिंह राशिलाई धेरै फाइदा हुनेछ। यस अवधिमा करियर र व्यापारमा अपार सफलता मिल्नेछ। ज्योतिषशास्त्रका अनुसार सूर्य सिंह राशिको दोस्रो घरमा प्रवेश गर्नेछ। यसको प्रभावबाट तपाईले लामो समयसम्म रोकिएको पैसा पाउन सक्नुहुन्छ। आकस्मिक आर्थिक लाभ हुन सक्छ।
वृश्चिक राशि

कन्या राशिमा सूर्यको राशि परिवर्तनको कारण वृश्चिक राशिका व्यक्तिलाई शुभ समाचार मिल्न सक्छ । सूर्य राशि परिवर्तनका कारण आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। सम्पत्ति तथा सवारी साधन खरिद गर्दा लाभ हुनेछ । सूर्य यस राशिको ११ औं घरमा प्रवेश गर्नेछ।
धनु राशि

धनु राशिका लागि कन्या राशिमा सूर्यको आगमन निकै शुभ रहनेछ । यस अवधिमा आफ्नो काममा अपेक्षित सफलता पाउन सक्नुहुन्छ। स्थान परिवर्तनको सम्भावना रहनेछ। सूर्य यस राशिको दशौं घरमा गोचर गर्दैछ। यस अवधिमा नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। विवादबाट छुटकारा पाउन सकिन्छ।
