आज साँझसम्म नभुली अवश्य गर्नुहोस् यस्ता काम, जीवनमा हुने छैन धनको अभाव !

धार्मिक मान्यता अनुसार शुक्रबारको दिन लक्ष्मीको पूजा गर्ने गरिन्छ । जीवनमा सुख र समृद्धि प्राप्त गर्न लक्ष्मीको पूजा गरिन्छ । विशेष गरेर शुक्रबारको दिन लक्ष्मीको पूजा गरी व्रत बस्ने गरिन्छ । ज्योतिषशास्त्रका अनुसार शुक्रबार केही उपाय गर्नाले शुक्र ग्रहको स्थिति बलियो हुन्छ र घरमा माता लक्ष्मीको आगमन हुन्छ । शुक्र गृहलाई पनि सुख-समृद्धिको कारक ग्रह मानिन्छ । शुक्रबार माता लक्ष्मीलाई प्रसन्न गर्न कस्ता उपाय अपनाउनु सकिन्छ जान्नुहोस्….

शुक्रबार र बिहीबार बेसारको प्रयोग अवश्य गर्नुपर्छ। यस दिन बिहान नुहाउनुअघि मुख्य द्वार सफा गर्नुपर्छ। बेसारलाई पानीमा हालेर घरमा छर्कनुहोस् । यसो गर्नाले घरमा लक्ष्मीको वास हुने जनविश्वास छ ।

गंगाजलको प्रयोगले घरलाई शुद्ध बनाउँछ। शुक्रबार घर सफा गरेपछि घरमा गंगाजल छर्किनुहोस् । यसो गर्नाले घरमा भएको नकारात्मकता हटेर  सकारात्मकता आउँछ। श्री सुक्तको पाठ- शुक्रवार साँझ माता लक्ष्मीको श्री सुक्तको पाठ गर्नुपर्छ। यस बाहेक कनकधारा स्तोत्र अवश्य पठन गर्नुपर्छ । यसले लक्ष्मीलाई प्रसन्न तुल्याउँछ।

शुक्रबार रातो बिन्दी, चुरा, लगायतका सोह्रवटा श्रृंगारका समान लक्ष्मी मातालाई चढाउनुहोस् । यसो गर्नाले पतिको आयु लामो हुने जनविश्वास रहेको छ । साथै भाग्य बलियो हुने जनविश्वास रहेको छ । धन-सम्पत्ति बढाउनको लागि शुक्रबार पाँच थरिका रातो फूलले माता लक्ष्मीको ध्यान गर्नुहोस्। त्यसपछि त्यस फूललाई आफूले धन राख्ने स्थानमा राख्नुहोस्। यसो गर्नाले घरमा लक्ष्मीको प्रवेश हुने जनविश्वास रहेको छ ।

लक्ष्मीको पूजा गरेपछि चार कपूरको टुक्रामा दुई वटा ल्वाङ राखेर आरती गर्नुपर्दछ । यसो गर्नाले देवी लक्ष्मी प्रसन्न हुने जनविश्वास छ । साथै शुक्रबारको दिन तपाई पैसासँग सम्बन्धित कुनै कामको लागि घरबाट बाहिर जाँदै हुनुहुन्छ भने, दही खाएर जानुहोस् । यस उपायले शुभ हुने मान्यता रहेको छ ।

प्रकाशित : शुक्रबार, भदौ २४, २०७९१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता युवतीहरु हुन्छन् सर्वगुण सम्पन्न, बढाउँछन् घर-परिवारको सौन्दर्य