सन्दीपलाई चाहियो प्रतिष्ठित वकिल, आइसिसीको गम्भिर चासो !

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको आरोपका बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गम्भिर चासो राखेको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक महासचिव प्रशान्त विक्रम मल्लले आइसिसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीको विषयमा चासो लिएको बताएका छन् ।

‘आइसिसीको टप अथोरिटीबाट बारम्बार बुझ्ने काम भएको छ । मैले यहाँको अवस्थाको बारेमा जानकारी दिएको छु । उहाँहरुले के भएको हो भन्ने बुझ्न चाहनुभएको थियोे,’ कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार सुरु भएको नवौ राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उद्घाटनका दौरान मल्ले भने भने,‘ मैले यहाँको अवस्था जानकारी दिएको छु । यो मुद्दामा के हुन्छ भन्ने उहाँहरुले चासो राख्नुभएको हो । नाबालिग किशोरीलाई बलत्कार गरेको भन्ने जाहेरी परेको बताए । उहाँहरु पनि यसमा सिरिसय हुनुहन्छ ।’

भदौ ५ गते राती एक होटल मा आफू माथि पटक पटक बलत्कार गरेको भन्दै १७ वर्षे किशोरले मंगलबार किटानी जाहेरी दिएको उल्लेख गर्दै नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको थियो । सन्दीप सिपिएल खेल्ने क्रममा वेस्ट इन्डिजमा छन् ।

के भन्छन् सन्दीप ?
क्यानका कार्यवहाक सचिव मल्लले बुधबार राती सन्दीपसँग सम्पर्क भएको बताएका छन् । ‘क्यानकोतर्फबाट मैले नै उनलाई सम्पर्क गरेको थिए । तिमीविरुद्ध उजुरी परेको छ । युवतीले बलत्कारको आरोप लगाएकी छन् भने । मैले थाहा पाएको छु भने । मेरो संलग्नता छैन भन्ने उनको भनाई थियो,’ मल्लले अगाडि भने, तिम्रोविरुद्ध मुद्दा नै परिसक्यो भने । यसमा क्यानले कानुनी उपचारका लागि सहयोग गर्नुपर्यो भन्ने उनको आग्रह थियो । प्रतिष्ठित वकिल हाएर गर्दिनुपर्यो भन्ने उनको कुरा थियो ।’

मल्लले आफूले अब सन्दीपलाई फर्कनुपर्ने होला भनेको पनि बताएका छन् । मल्लले भने ‘उनले सिपिएल भ्याएर मात्र फर्कन्छु भने ।’ अनि तिम्रो टिमलाई यहाँको विषयमा थाहा छ भनेर पनि आफूले जिज्ञासा राखेको मल्लेले बताए । मल्लले थपे ‘सन्दीपले टिमले पनि थाहा पाएको र उनीहरुले त्यस्तो केहि समस्या छैन भनेको सुनाए ।’

के भन्छ क्यान ?
सन्दीपका विषयमा नेपाल प्रहरीले औपचारिक रुपमा केहि नभनेको पनि कार्यवहाक सचिव मल्ले बताए । हाम्रो खेलाडी हो । अपराध गरेको छ भने ढाकछोप र बचाउ गरिन्न,’ मल्लले भने,‘ अपराधी हो भने पनि राज्यको कानुन अनुसार उपचार खोज्ने उसको अधिकार हो । हामी अभिभावक हौं । उसको लागि क्यानले वकिल खोज्दिने सहजीकरण गर्छ । बाँकी वकिलले गर्ने काम हो ।’

प्रहरीले सन्दीपविरुद्ध मुद्दा दर्ता गरिनसकेकोले क्यानले कुनै कदम नचालेको पनि मल्लले प्रष्ट पारे । ‘पुलिसमा जोहरी परेको छ। अनुसन्धान गरिरहेको छ । पुलिसले मुद्दा दर्ता गरेको छैन । त्यसकै आधारमा बर्खास्त गर्दा भोली केस अघि बढाएन र फेक रैछ भने त्यो हतारको निर्णय हुनेछ,’ उनले भने,‘ त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौं । हामी पुलिसको समन्वयमा छौं । हिजो गएर भेट्यौं । उहाँहरुले पनि प्रारम्भिक अनुसन्धान भइरहेको छ भन्नुभयो । कानुनी प्रक्रिया जसरी अघि बढ्छ त्यसरी नै क्यान अघि बढ्छ ।’

प्रकाशित : बिहिबार, भदौ २३, २०७९१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन्दीप भन्छन्- ‘म निर्दोष छु, नेपाल फर्केर सबै आरोपको सामना गर्छु’