हिजो घटेको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिनबाट लगातार लगातार तीन दिन बढेर चौंथो दिन घटेको सुनको मूल्य आज बिहिबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन ९३ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु २५ ले बढेको छ। आज चाँदी १ हजार १ सय ३५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, भदौ २३, २०७९११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पोखरा पुग्यो बालेनको अभियान, पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर !