भनिन्छ हरेक मानिस कुनै न कुनै समस्याले सताएको हुन्छ। ज्योतिष शास्त्रका व्यक्तिको कुण्डली उसको जन्म समय-मिति,स्थान अनुसार व्यक्तिको कुण्डली तयार पारिन्छ। जब व्यक्तिको कुण्डलीमा कुनै दोष देखिन्छ तब मानिसलाई धेरै शारीरिक, मानसिक र आर्थिक समस्याले घेर्छ। जीवनका हरेक समस्याको समाधान हनुमान चालिसाको पाठमा रहेको विश्वास गरिन्छ।
दैनिक हनुमान चालिसाको पाठ गर्ने व्यक्तिले जीवनमा कुनै पनि दुःख र डरको सामना गर्नु पर्दैन भन्ने धार्मिक विश्वास छ। शास्त्रमा हनुमानलाई संकटमोचन भनिएको छ र आजको कलियुगमा पनि जागृत भगवान रहेको विश्वास छ। यस्तो अवस्थामा हनुमान चालिसाको प्रत्येक पङ्क्तिको पाठ गर्नाले पवन पुत्र हनुमानको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ। ज्योतिषीहरुका अनुसार हनुमान चालिसाको पाठ गर्नाले शनिदेवको साढे साती र ढैय्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ।
हनुमान चालिसाको पाठबाट हुने लाभ
ज्योतिष शास्त्रका अनुसार हनुमान चालिसाको नियमित पाठ गर्नाले व्यक्तिलाई आन्तरिक शान्ति प्राप्त हुन्छ र उसको आत्मविश्वास बढ्छ। आफ्नो वरपरका नकारात्मक शक्तिहरू नष्ट हुन्छन्। साथै, हनुमान चालिसाको पाठले जीवनमा भय, रोग र अवरोधहरूबाट मुक्ति दिन्छ। जीवनमा आर्थिक समस्याले घेरिएका व्यक्तिले हनुमान चालिसाको नियमित पाठ गर्नाले पनि फाइदा हुन्छ।