कर नतिर्ने क्यासिनो माथि बालेनको नजर, दिए सात दिने अल्टिमेटम !

काठमाडौँ – काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न अल्टिमेटम दिएको छ। महानगरले आइतबार एक पत्र काटेर काठमाडौँ महानगरपालिकामा रहेका विभिन्न सात क्यासिनोलाई एक साता भित्र मनोरन्जन कर तिर्न अल्टिमेटम दिएको हो।

महानगरले अल्टिमेटम दिएका क्यासिनोहरुमा होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनो रहेका छन्।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा उक्त क्यासिनोले पटक पटक ताकेता गरे पनि कर नतिरेपछि पत्र काटेर अल्टिमेटम दिइएको महानगरले जनाएको छ।

आव २०७५/०७६ देखि हालसम्म कर नबुझाएकोले प्रदेश आर्थिक ऐनले तोकेको दररटेमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत सात दिन भित्र तिर्न महानगरको निर्देशन छ। कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरिने र सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने चेतवानी पनि महानगरले दिएको छ।

प्रकाशित : आइतबार, भदौ १९, २०७९१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने राष्ट्रपतिको बाध्यता !