यी हुन् यो साताभर सावधान रहनुपर्ने ५ राशि: आइलाग्न सक्छ अनेक समस्या !

मेष राशि

साताका सुरुका दुई दिन राम्रा छैनन् । गरेका काममा बाधा पर्नुका साथै पारिवारिक झन्झट पनि निकै पर्ला । व्यावसायिक काममा अल्झन आउने सम्भावना छ । सोमबार बेलुकीदेखि स्थिति सप्रिएला । शैक्षिक काममा सोचेजति प्रगति देखिन्न । खर्चको मात्रा भने निरन्तर बढिरहनेछ ।

मिथुन राशि

यो सातालाई राम्रो भन्न सकिँदैन । बेकारका वादविवाद पर्नुका साथै केही असफलतालाई समेत देख्नु पर्नेछ । नोकरीबाट चिन्ता मात्रै बढिरहला तर बौद्धिक स्थिति अति बलवान् भएकाले जस्तोसुकै समस्यालाई पनि समाधान गर्न सकिनेछ । खर्च बढी नै रहला ।

सिंह राशि

साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला । पेटमा गडबडी भएर खर्चको मात्रा बढ्लाजस्तो छ । भैरवको दर्शन गर्नाले यस्तो समस्यालाई हल गर्न सकिनेछ । परिवार एवं मित्रको मद्दत पाइरहनुहोला । आर्थिक स्थिति भने पूरा बलिष्ठ देखिन्न । सूर्यको दर्शन गरिरहनुहोस् ।

तुला राशि

साताको बिहीबार राम्रो छैन । बाँकी दिन भने राम्रै खालका छन् । पढाइमा कम र अरू क्षेत्रमा बढी समय जाला । प्राविधिक खाले कामबाट त्यति ठूलो उपलब्धि हुने देखिन्न । सोचेजति सहयोग परिवारबाट समेत पाइने छैन । भगवतीको आराधना गरिरहनुहोस् ।

मकर राशि

पहिलेको जस्तो जटिलता नभए पनि साता अझै सप्रिएको छैन । बेकारका काममा खर्च गरिरहनुपर्ला । जागिरसम्बन्धी चिन्ता पनि निकै पर्नेछ । सोचेको जति लाभ व्यवसायबाट पाउनुहुने छैन । सोमबार र मङ्गलबार राम्रा खालका छैनन् । त्यसैले गणेशको दर्शन गर्न नबिर्सनुहोस् ।

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

प्रकाशित : आइतबार, भदौ १९, २०७९१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सर्पबाट सिक्न सकिन्छ कठिन परिस्थितिमा विजयी हुने यस्तो मन्त्र: जनिराख्नुहोस् !