सानै उमेरबाट भारतमा रहेर भारतको विभिन्न रियालिटी शो मार्फत चर्चामा आउन सफल तेरिया पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा हुने गरेकी छिन् । अहिले तेरियाले दुबई पुगेर त्यहाँका केही तस्बिर सामाजिक सञ्जालमा अप्सोता गरेकी छिन् तेरियाको घर रुपन्देही रुद्रपुर हो, डान्स प्रतिभाको कारण भारतको चर्चित शो ‘डान्स इन्डिया डान्स’ मा प्रथम स्थान हासिल गर्न सफल तेरिया अहिले विश्व सामु परिचित छिन् ।
अहिले तेरियाले सार्वजनिक गरेको तस्बिरमा उनी झिलिमिली एकदमै अग्ला घर उनको पछाडि देख्न सकिन्छ । तस्बिरमा उनलाई निकै सुन्दर देखिनुको साथै उनी त्यहाँको माहौलमा रमाइरहेको देख्न सकिन्छ ।
त्यसपछि भारतकै कलर्स टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘झलक दिख लाजा’ सिजन ९ को विजेता पनि भएकी थिइन् । तेरियाको वास्तविक नाम ‘तेरिया फौजा मगर’ हो ।
तेरियाले जुन समयमा डान्स रियालिटी शो जितेको थिइन त्यस बेला देखि उनी देश तथा विदेशहरूमा कार्यक्रमको लागि हिँड्ने गरेको छिन् । सानै उमेरमा ठुलो सफलता हासिल गर्न सफल तेरिया अहिले उमेरमा १८ वर्ष पुगिसकिन्।
तेरिया पछिल्लो समयमा आएर डान्ससँगै गायनमा पनि चासो देखाउन लागेकी छिन् ।हाल तेरिया सामाजिक सञ्जालको विभिन्न माध्यममा सक्रिय छिन् । उनलाई टिकटक देखि इन्स्टाग्राममा धेरैले फलो गरेका छन् । केही समय यता तेरिया सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय भएको छिन्।
कुनै समयमा डान्स रियालिटी शोमा देखिएकी तेरिया अहिले जवान भएको छिन् । साथै उनले सोसल मिडियामा पोस्ट गरेका तस्बिरमा पनि देख्न सकिन्छ । उनी सुन्दरको साथै जवान भएको कारण उनको फ्यानहरुलाई कौतुहलता भएको छ । हेरौँ पछिल्लो समय तेरियाले उनको सोसल मिडियामा पोस्ट गरेका केही तस्बिरहरू….
तस्वीर स्रोत: तेरिया मगर इन्स्टाग्राम