काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा पुगेका एक जोगीलाई पक्राउ गरिएको छ। शनिबार राति बालेनलाई भष्म गरिदिन्छु भन्दै शाहको घरमा पुगेका जोगीलाई पक्राउ गरिएको हो।
जोगीमा भेषमा रहेका एक व्यक्ति बालेनको निवास गैरीगाउँ पुगेको र बालेनको घरभित्रै पसेको काठमाडौं प्रहरीले जनाएको छ। जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएको बताइएको छ।
प्रहरीले उनलाई घरबाट बाहिर निकालेको थियो। त्यसक्रममा प्रहरी र उनी बीच भनाभन समेत भएको थियो। ती जोगीका कारण झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो। सम्झाई-बुझाई गर्दा पनि नमानेपनि प्रहरीले उनलाई पक्राउ गरेको थियो।