२०७९ साल भदौ महिनाको राशिफल : –
ज्योतिष हरिप्रसाद पौडेल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
नयाँ कामको अवसर मिल्ने योग छ। अनावश्यक खर्चको मात्रा बढेर जाला। पारिवारिक चिन्ता बढ्न सक्ने देखिन्छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जानेछ । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ। आफन्त एवं पारिवारिक भेटघाटले मन प्रसन्न रहला। सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार गर्नुपर्ला। पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ। महिनाको उत्तरार्धमा नयाँ ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
चौथो सूर्यले गर्दा सामान्य अस्वस्थता गराउने योग रहेकाले खानपानमा विचार पुर्याउनुपर्ला। रोकिएका काम क्रमशः बन्दै जाने छन्। पठनपाठनमा अभिरुचि लाग्ने छ। पारिवारिक भेटघाटको अवसर मिल्ने छ। दम्पतीमा विश्वासको अभाव देखिन सक्नेछ। ठूलो लगानी तथा लेनदेनसम्बन्धी काम नगर्दा राम्रो होला। महिनाको उत्तरार्धमा मानसिक प्रसन्नताका साथै धनागमका अवसर मिल्ने छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
रोकिएका काम क्रमशः बन्दै जाने छन् । मनोबल उच्च रहनाले कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ। आँटेका काममा सफलता मिल्ने देखिन्छ। नयाँ काम तथा पदोन्नतिको योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जाला। रमाइलो ठाउँको भ्रमण तथा मनोरञ्जनका अवसर मिल्ने छन्। बोलीको प्रभावले महìवपूर्ण काम बन्ने छन्। पढाइमा भन्दा मनोरञ्जनमा बढी मन जाने देखिन्छ । दाम्पत्य सम्बन्ध बलियो भएर जाला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शारीरीक एवं मानसिक आरोग्यता अनुकूल रहला। सोचे-आँटेका काम बन्दै जाने छन्। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने छ। आफन्त प्रियजनसँगको भेटघाटले मन रमाउने छ । लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ला। पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ। प्रतिस्पर्धामा सफलता मिल्ने छ। महिनाको उत्तरार्धमा पारिवारिक भेटघाटको अवसर मिल्ने छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
व्यर्थको दौडधुप एवं अस्वस्थताको सम्भावना रहेको छ । गर्न आँटेको काममा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। नजिकको व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिएकाले मान्छे चिनेर व्यवहार गर्नुपर्ला। नयाँ लगानी एवं लेनदेनसम्बन्धी काममा सावधानी अपनाउनुपर्नेछ। सामान्य विवादको सम्भावना रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। महिनाको उत्तरार्धमा स्थान परिवर्तनको सम्भावना छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
स्वास्थ्यसम्बन्धी सामान्य गडबडी गराउला । घरायसी खर्चको मात्रा बढेर जाने छ। निकटका व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ। आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ। मानसिक दुविधा एवं अस्थिरता बढेर जाला। पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ। पारिवारिक सुखसन्तोष अनुकूल रहने छ। महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
अस्थिर मानसिकताको सिकार गराउने छ । धार्मिक कार्यमा अभिरुचि लाग्ने छ। आँटेका काममा अनावश्यक बाधाअड्चनको सामना गर्नुपर्ला। उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ। शारीरिक आरोग्यताका अनुकूल रहने छ। आर्थिक पक्ष मध्यम फलदायी रहने छ। रमाइलो पारिवारिक भेटघाटका साथै धार्मिक यात्राको सम्भावना छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको योग छ। पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आत्मबल बढेर जानाले रोकिएका काम बन्ने छन्। शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहनेछ। मान एवं पद एवं प्रतिष्ठा बढेर जाने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ। मनोबल उच्च रहनाले कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नताको योग छ। वादविवाद एवं प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने देखिन्छ। पठनपाठनका साथै धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि बढेर जाने छ । विविध उपहार एवं धनागमका अवसर मिल्ने छन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाने छ। आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्नेछन्। घरायसी खर्चको मात्रा बढेर जानेछ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी हुन आवश्यक देखिन्छ। सामान्य विवादमा पार्न सक्ने योग छ । आँखा एवं पेटसम्बन्धी समस्याले सताउने छ। घरायसी चिन्ताले केही बढी नै पिरोल्ने छ । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । स्वास्थ्यमा समेत उतारचढावको स्थिति देखापर्ने छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सामान्य अस्वस्थताको योग छ। घरायसी खर्चको मात्रा बढेर जाने छ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखापर्ने छ। व्यर्थको काममा दौडधुप गर्नुपर्ला। गर्न आँटेका काममा बाधाअड्चनको सामना गर्नुपर्ने छ। आर्थिक हानिनोक्सानीको सम्भावना देखिएकाले लेनदेनसम्बन्धी कारोबार नगर्दा बेस होला । सवारी एवं वाहन चलाउँदा विशेष होसियारी अपनाउनुपर्नेछ। महिनाको उत्तरार्धमा इष्टमित्रसँगको रमाइलो भेटघाटको अवसर मिल्ने छ। महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना छ। धार्मिक एवं सामाजिक क्षेत्रमा सहभागी हुनुपर्ने छ। पठनपाठनमा मध्यम प्रगति गराउने देखिन्छ। नयाँ लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो हुने छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कार्यव्यस्तता बढेर जाने छ। अनावश्यक काममा दौडधुप केही बढी नै गर्नुपर्ने छ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। स्वास्थ्य स्थिति सामान्य रहने छ । गर्न आँटेका काममा ढिलासुस्ती गराउने छ । ठूलो लगानी एवं लेनदेनसम्बन्धी कारोबार फलदायी हुने देखिन्न। घरायसी झै-झमेला केही बढेर जाने योग छ । सन्तान एवं परिवारको चिन्ताले समेत पिरोल्ने देखिन्छ । महिनाको उत्तरार्धतिर स्वास्थ्यमा सुधार हुँदै जानुका साथै रोकिएका काम क्रमशः बन्दै जाने छन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मनोबल उच्च रहने छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। प्रतिस्पर्धामा सफलताको योग छ। अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने देखिन्छ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि बढेर जाने छ । पारिवारिक भेटघाटको अवसर मिल्ने छ। महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्। बोलीको प्रभावले काम बन्ने छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् ।