बाबा–ममीलाई एउटा घर बनाएर राख्ने थियो रचनाको सपना, अन्ततः पूरा भयो !

काठमाडौँ – पछिल्लो समयकी व्यस्त गायिका रचना रिमालले बाल्यकाल देखिको सपना पूरा भएको बताएकी छन्। गायिका रिमालले समाजिक संजाल मार्फत बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी हुन्।

झापामा चारकोठे पक्की घर बनाएकी रिमालले सामाजिक संजाल मार्फत सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको बताएकी छन्। सांगीतिक क्षेत्रबाटै घर बनाउने सपना नदेखेको भएपनि घर बनाउन सबैको माया र आशीर्वादका कारण सम्भव भएको रिमालको भनाई छ।

“सानैदेखि बाबा–ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो । सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिइनँ। तर, सबैको माया र आशिर्वादले आज मेरो एउटा सपना पूरा भएको छ ।”,रिमालले सामाजिक संजालमा लेखेकी छन्।

रिमाल रियालिटी गायन शो नेपाल आइडलबाट उदाएकी हुन्। नेपाल आइडल सिजन ३ मा रिमाल शिर्ष आठ सम्म पुगेकी थिइन्। नेपाल आइडलबाट बाहिरिएपछि उनको चर्चा थप चुलियो। त्यसयता उनले निरन्तर गीत गाउँदै आएकी छन्। रिमालले दिनकै दर्जन सम्म गीतहरु रेकर्ड गराउने गरेकी छन्।

त्यस्तै स्टेज प्रोग्रामका लागि पनि उनी देश विदेशका विभिन्न स्थानमा पुग्ने गरेकी छन्। रिमाल आरआर क्याम्पसमा संगीतमा स्नातक गरिरहेकी छन्।

प्रकाशित : शनिबार, भदौ ०४, २०७९११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिपाशा बसुको बेबी ब:म्पसँग कुरा गर्दै कारण, भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै !