काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। गएको केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले गिरावट आएको छ। आज छापावाला सुन ९५ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९५ हजार रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुन दुई साता भन्दा बढी समयकै सस्तो
साउन महिनाका अन्तिम दुई दिन र भदौ महिनाका अन्तिम दुई दिन घटेसँगै सुन २ साता भन्दा बढी समयकै सस्तो भएको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा सुन साउन १८ अर्थात १६ दिनकै सस्तो रहेको छ। त्यस दिन नेपाली बजारमा छापावाला सुन ९५ हजार ३ सय र तेजाबी सुन ९४ हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय ८५ रुपैंयाँमा कारोबार भइरहेको छ।