आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध, उद्योग अनुगमन शुरू !

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गरे वा नगरेको विषयमा आजैबाट प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योगको अनुगमन शुरू गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले प्रतिबन्धसम्बन्धी नियम भदौ १ अर्थात् आजबाट लागु गर्ने गरी सूचना जारी गरेको थियो ।

सोही सुचनाको आधारमा आजबाट अनुगमन शुरू गर्न लागिएको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले मंगलबार नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँका अनुसार स्थानीय प्रशासनको सहयोगमा उद्योग अनुगमन गर्न लागेको हो ।

स्थानीय तहले ४० माइक्रोनभन्दा पातलो झोला प्रयोग गरे÷नगरेको विषयमा अनुगमन गर्नेछ । प्रवक्ता पौडेलले बजार अनुगमन गर्ने जिम्मा वाणिज्य विभागको भएको जिकीर गर्दै वाणिज्य विभागको टोलीले बजार अनुगमन गर्ने र वातावरण विभागको टोलीले उद्योगमा अनुगमन गर्नेछ । उहाँका अनुसार मापदण्डभन्दा कम माइक्रोनको झोला उत्पादन गरेको फेला परे वातावरण संरक्षण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।

प्रकाशित : बुधबार, भदौ ०१, २०७९०८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डका घरबेटी अधिकारीको कम्पनी शैलुङ कालोसूचीमा !