साउन महिनाको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन बढेर दोस्रो दिन घटेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो। आज साउन महिनाको अन्तिम दिन समेत रहेको छ। आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले घटेको छ। यससँगै छापावाला सुन ९६ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ। आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। इतवार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य

नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार २ सय २० रुपैंयाँमा कारोबार भइरहेको छ।

साउन महिनामा सुन-चाँदीको मूल्य

पछिल्ला महिनाहरुमा भन्दा साउन महिनामा सुनको मूल्यमा अलि बढी नै उथलपुथल भयो। छापावाला सुन ९३ हजार देखि ९७ हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९२ हजार ८ सय देखि ९७ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

यस्तै चाँदीको मूल्यमा पनि साउन महिना भर केहि उथलपुथल भयो। चाँदी सस्तोमा १ हजार १ सय ५० देखि महँगोमा १ हजार २ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो।

प्रकाशित : मङ्गलबार, साउन ३१, २०७९११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को आईपीओ खुलिसक्यो है, आवेदन दिन बिर्सनुहोला नि !