ओली पत्नीले असहायलाई भोजन खुवाएर मनाइन् जन्मदिन

काठमाडौं,  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छिन् ।

नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन् । उक्त अवसरमा श्रीमती शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छिन ।

मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा नागर्जुन नगरपालिका उपप्रमुख अनिता लामासहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : सोमबार, साउन ३०, २०७९०९:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभियान लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, १९ लाख बढीको हात रित्तै ! कतिले पाए ?