प्रचण्ड कहाँबाट लड्दै छन् ? भयो खुलासा !

nlntk'/, !( k'; . g]skf -dfcf]jfbL s]G›_sf] cf7f}+ /fli6«o dxflwj]zgaf6 cWoIfdf lgjf{lrt ePkl5 clejfbg ub}{ k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफुले चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् । हाल जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफुले चितवनबाटै उम्मेदवारी दिने बताए ।

‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि नै भन्दै आएको छु । म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भनेका छन्, ‘यसका लागि बरु तपाईंहरुले पनि सहयोग गर्नुहोला ।’

देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डले बताए । ‘मलाई चुनाव लड्नप¥यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटका साथीहरुले पनि भन्नुभएको छ,’ उनले भने, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर, साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफु अहिले प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि बताएका छन् । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए । ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयोे, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले’ उनले भने, ‘अहिले पनि म प्रधानमन्त्रीको रेसमा छैन । म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । मेरो चाहना देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने छ । त्यसमा योगदान गर्न मन छ ।’

-सौर्य दैनिकबाट

प्रकाशित : बुधबार, साउन २५, २०७९०७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जनार्दनले देउवाकै ‘अर्डर’ नमानेपछि …