सरकारमा अब लोसपा पनि !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, महतोसहितका शीर्षनेतासँग छलफल गर्दै गठबन्धन र सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि नै लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भएको थियो । तर, सो प्रयास असफल भएपछि देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै लोसपालाई भित्र्याएर गठबन्धनलाई अझै बलियो बनाउने प्रयास गरेका छन् ।

जपान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि लोसपालाई गठबन्धनमा भित्र्याउने’bout निर्णय हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीले जनाएका छन् । लोसपालाई पनि गठबन्धनमा सहभागी गराउने’bout छलफल भइरहेको स्वीकार गर्दै उनले ‘छिट्टै लोसपा पनि गठबन्धनमा सहभागी हुने’ बताए ।

उनका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाएर सहभागी हुने विषयमा लोसपा शीर्षनेतासँग छलफल भइरहेको हो ।

चाँडै टुंगो लाग्छः महतो
यता, लोसपा वरिष्ठ नेता महतोले ‘सरकारमा सहभागी बन्ने वा नबन्ने ?’ चाँडै टुंगो लाग्ने बताएका छन् ।

संसद्बाहिर मंगलबार सञ्चारकर्मीसँग उनले ‘सरकारमा मन्त्री बन्ने र आगामी निर्वाचनका लागि गठबन्धन गर्ने’bout छलफल भइरहेको’समेत स्वीकारेका छन् । ‘छलफल सकारात्मक रहेको र अबका केही दिनमै टुंगो लाग्ने’ बताउँदै उनले ‘जसपासँगसँगै बसेर काम गरिसकेकाले सरकारमा बस्न कुनै कठिनाइ नरहेको’ पनि स्पष्ट पारे ।

‘हामी चुनाव तयारीमा लागिसकेका छौं, गठबन्धनको सवाल पनि उठिरहेको छ । तर, अहिले पाँच दलीय जुन गठबन्धन हो, त्यहाँबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा टुंगोमा पुग्नेछौं,’ लोसपा वरिष्ठ नेता महतोले भने, ‘छैटौं दलका रूपमा गठबन्धनमा जाने हो वा होइन ? चाँडै टुंगोमा पुग्छौं ।’

प्रकाशित : बुधबार, साउन २५, २०७९०६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

म एक जना हेपिएको नासु भन्दै नायब सुब्बाले सिधै अर्थमन्त्रीलाई मेसेज गरे ….