ट्रम्पको घरमा एफबीआईले छापा मारेपछि …

FILE - Former President Donald Trump speaks at a rally at the Delaware County Fairgrounds, April 23, 2022, in Delaware, Ohio. The New York attorney general’s office said Monday, May 23, 2022, it subpoenaed Donald Trump’s longtime executive assistant, Rhona Graff, and plans to question her under oath next week as part of its civil investigation into the former president's business dealings. (AP Photo/Joe Maiorana, File)

न्युयोर्क,  अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् ।

पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ ।

आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

प्रकाशित : मङ्गलबार, साउन २४, २०७९०९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस चीनमा देखियो, विश्वभर खैलाबैला !