आदर्श लघुवित्तले गर्यो चमत्कार, अधिकांश सूचकमा आकर्षक सुधार !

काठमाडौं, आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ८८६.१२% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी १४.४६% ले बढेको छ । अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०% ले बढेको छ ।
कम्पनीले यस अवधिमा १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ ।

रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९०% ले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ ।

प्रकाशित : सोमबार, साउन २३, २०७९१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबै भन्दा बढी नाफा कमाउनेमा वाणिज्य बैंक ! अरु कसले कति कमाए ?