प्रहरी बुट खरिदमा करोडौं घोटाला, बजार मूल्य भन्दा दोब्बर मूल्य तिरेर किनेको खुलासा !

काठमाडौँ – नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ। कर्नवाल बिजनेस ट्रेडर्स को नाममा मोडर्न सुज लिमिटेडबाट उत्पादित ‘फाइटर सुज’ किन्दा दोब्बर मूल्य परेको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर पारेको थियो। सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ती बुट खरिद गरेर जिल्ला–जिल्लामा पठाइएको थियो।

१३ करोड ५० लाख रूपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिब आधा रकम घोटाला भएको अनुमान गरिएको छ। ‘अहिले आएका बुटको गुणस्तर निकै कमजोर रहेको छ, घामपानीमा उप्किने खालको छ, यही बुट लिएर बजारमा किन्न जाँदा १४ सयदेखि १५ सय रूपैयाँ पर्छ तर नेपाल प्रहरीले यो बुटलाई २ हजार ६ सय ५० रूपैयाँ तिरेको छ। जसले गर्दा आधाभन्दा बढी रकम अपचलन भएको बुझिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

उनीहरूकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ६ सय ७५ र २ हजार ७ सय ७५ रुपैयाँ हालेका थिए। हालको ठेक्का भने २ हजार ६ सय ५० रूपैयाँ प्रस्ताव गर्ने कम्पनीले पाएको थियो। सो कम्पनीले बुट खरिद गरेर सबै जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानीसमेत लिइसकेको छ। प्रहरीले यस पटक राजनीतिक शक्ति केन्द्रको दबाबमा केन्द्रबाटै खरिद गरेको थियो।

यसअघि खरिद प्रक्रिया जिल्लाजिल्लाबाटै हुने गथ्र्यो। उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएदेखि नै खरिद प्रक्रियालाई पारदर्शी बनाउन सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरिएको थियो। तर, अहिले भने माथिको आदेश भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौंबाट खरिद गरेर सम्बन्धित कार्यालयमा सामान पठाई भुक्तानी दिन आदेश दिएको थियो। सोही अनुसार भुक्तानी भइसकेको छ।

स्रोतका अनुसार गुणस्तर परीक्षणसमेत नगरी १३ करोड ५० लाख रूपैयाँबराबरको डिएमएस बुट गुपचुप रूपमा खरिद गरी वितरण गरिएको हो। यसो गर्दा नेपाल प्रहरीलाई ६ करोड रूपैयाँभन्दा बढी घाटा लागेको स्रोतको दाबी छ।

२०७७ माघ २९ गते खोलिएको बोलपत्रको मूल्यांकनका क्रममा डिएमएस बुटको गुणस्तर परीक्षणको रिपोर्ट नै नक्कली ल्याएको खुलेपछि रद्द गरिएको बुट अहिले मापदण्ड बेगर परीक्षण नगरी जिल्लाजिल्लामा पठाउँदा केन्द्रबाटै करोडौं रूपैयाँ घोटाला भएको स्रोतको दाबी छ। अहिले खरिद गरिएको बुट कम गुणस्तरको परेको प्रहरी कर्मचारीले नै गुनासो गरेका छन्।

तत्कालीन समयमा डिएमएस बुटको बोलपत्रमा डिएमएस बुट कम्पनी र एसियन फुटवेयर जेभीले प्रस्ताव हालेका थिए। डिएमएस बुट कम्पनी विराट थापाको हो। कम्पनीले भारतको चेन्नईस्थित एसजिएस कम्पनीबाट गुणस्तर परीक्षणमा पास भएको रिपोर्ट पेस गरेको थियो। जुन रिपोर्ट मूल्यांकनका क्रममा नक्कली भएको पुष्टि भएको छ।

किर्ते गुणस्तर रिपोर्ट पेस गर्ने डिएमएस बुट कम्पनीको बैंक ग्यारेन्टीबापतको रकम २०७७ फागुन १३ गते प्रहरीले जफत गरिसकेको छ। प्रहरीले किर्ते गुणस्तर रिपोर्ट पेस गर्ने सोे कम्पनीलाई कालोसूचीमा राख्न फागुन १४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा पठाएको थियो।

अहिले प्रहरीले बुट अभाव भएको जनाउँदै फास्ट ट्र्याकबाट खरिद गर्दा परीक्षण नै नगरी पठाएको हो। कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेन्डर हालेको र उनीहरूकै मिलेमतोमा रहेका अन्य कम्पनीले २ हजार ६ सय ७५ र २ हजार ७ सय ७५ रुपैयाँ हालेका थिए। हालको ठेक्का भने २ हजार ६ सय ५० रुपैयाँ प्रस्ताव गरेको कम्पनीले पाएको थियो।

सो कम्पनीले बुट खरिद गरेर हरेक जिल्लामा पठाइसकेको र त्यहाँबाट भुक्तानीसमेत लिइसकेको छ। ‘प्रहरी प्रधान कार्यालयबाट मोडर्न सुजबाट उत्पादित सामान लिनू र उसैलाई भुक्तानी दिनू भन्ने निर्देशन आयो, त्यहीअनुसार सामान लियामान हेर्दा सबै गुणस्तरहीन रहेछ,’ एक जिल्ला प्रहरी कार्यालयका एसपीले भने।

प्रकाशित : बुधबार, साउन १८, २०७९०८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ मंसिरमा चुनाव गर्ने गठबन्धन दलहरुबीच सहमति