कहिले देखि सुध्रिएला मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौं, देशभर मनसुनी प्रणाली सक्रिय रहदा आज पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको तथा राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । उता, बुधबार देखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन १७, २०७९०८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सकियो पर्खाई, आज हुने भयो मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट ! कति बजे ?