अमेरिकाको पाठ्यक्रममा विष्णुमाया परियारको जीवनी !

काठमाडौं : अमेरिकाको मासाचुसेट्स राज्यको सरकारी विद्यालयहरूको कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ। यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

विश्वको इतिहास र भूगोल विषयको ‘छुवाछूत र दिगो विकास लक्ष्य १०’ शीर्षकको १२ नम्बरको पाठमा अमेरिका निवासी डा. परियारबारे तयार पारिएको वृत्तचित्र ‘अनटचेबल’ समेत समावेश गरिएको छ।

उक्त पाठमा नेपालमा व्याप्त जातीय विभेद र असमानताका विषय समेटिएको छ। उक्त वृत्तचित्र नेपालमा जातीय विभेद र यसले सिर्जना गरेको असमानतालाई सम्बोधन गर्न दलित अभियन्ता डा. विष्णुमाया परियारको संलग्नताका विषयमा समावेश छ।

यस पाठमार्फत विद्यार्थीले कानुन र शिक्षाजस्ता विधिहरूमार्फत असमानतालाई सम्बोधन गर्ने अन्य तरिकाहरू पनि अन्वेषण गर्ने र स्थानीय र विश्वव्यापी रूपमा असमानतालाई सम्बोधन गर्न आफूले खेल्न सक्ने भूमिकालाई विद्यार्थीले विचार गर्ने विश्वास गरिएको छ।

नेपालमा जातीय व्यवस्था अन्त्य गर्न विष्णुमाया परियारको कार्यका उदाहरणहरू पेस गरी सामाजिक उद्यमशीलतामार्फत दक्षिण एसियामा असमानतालाई कसरी सम्बोधन गरिएको छ भनी व्याख्या गर्नु उक्त पाठको उद्देश्य रहेको छ। नेपालमा जात र असमानता : विष्णुमाया परियारको सक्रियता शीर्षकको भिडियो करिब २० मिनेटको छ।

नेपालमा दलित (अछुत) जातिमा जन्मिएकी अधिकारकर्मी विष्णुमाया परियारको कामका बारेमा एउटा सानो वृत्तचित्र हेर्न जाँदैछांै भनेर विद्यार्थीलाई भनिन्छ। अर्को स्लाइडमा विद्यार्थीलाई दक्षिणपूर्वी एसियाको नक्सामा नेपाल पत्ता लगाउन लगाइनेछ।

बसाइँसराइको नतिजा स्वरूप नेपालमा २००० ईसा पूर्वमा हिन्दू धर्म आएको विद्यार्थीलाई वर्णन गरिनेछ। आज, ८१ प्रतिशतभन्दा बढी नेपाली हिन्दू भनेर चिनिने र शिव भगवान् हिन्दूको संरक्षक देवता हुन् भनेर पनि विद्यार्थीलाई जानकारी दिइनेछ। त्यसपछि, भिडियोमा डा. विष्णुमाया परियारको तस्बिर देखाइनेछ र विद्यार्थीको ध्यान यसप्रति आकर्षित गरिनेछ।

प्रकाशित : मङ्गलबार, साउन १७, २०७९०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डको जोडबलमा ल्याइएका अर्थ सचिव नै जनार्दनसँग बिच्किए, काम गर्न अनिच्छुक !