दिनदहाडै दुई लाख लुटेर टाप कसे, एक-एक लाख बाँडेर मस्त घरमा बसे !

काठमाडौँ – एक महिलालाई लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरबाट २ लाख रुपैयाँ लुटेर फरार भएका दुई लुटेरालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेका छन्। दुवैलाई लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित कृष्ण प्रसाद साहको घरबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट दुई लाख रकम लुटिएको थियो। वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको रकम लुटेका थिए। सो रकम साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको बताइएको छ।

पैसा निकालेर घर फर्किनेक्रममा प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाइकलमा दुवैजनाले शर्मिलाले बोकको झोला हातबाट लिएर भागेका थिए। अनुसन्धानका क्रममा प्रहरीले पैसा लुट्न प्रयोग भएको मोटरसाइकलको पहिचान गरेको थियो।

पछि खोजतलास गर्दै जाने क्रममा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित कृष्ण प्रसाद साहको घरमा सो मोटरसाइकल फेला परेको र कृष्ण प्रसादको घर खानतलासी गर्दा घरभित्र रहेको सुत्ने कोठाको पलङको घर्रा बक्समा लुटिएको रकम भेटिएको प्रहरीले जनाएको छ। सोहिघरबाट कृष्णका भाई जितेन्द्रलाई प्रहरीले नियन्त्रणमा लियो।

उनले आफू र दीपन्द्रले मिलेर शर्मिलाको पैसा लुटि एक-एक लाख बाँडेको बयान दिए। उनको बयानकै आधारमा प्रहरीले दिपेन्द्रलाई पनि उनकै घरवाट पक्राउ गर्यो। प्रहरीले दुवैलाई बिहिबार सार्वजनिक गरेको छ।

प्रकाशित : बिहिबार, साउन १२, २०७९१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके