सुन १७ दिनकै महँगो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिनबाट बढ्ने र घट्ने हुँदै आएको सुनको मूल्य नेपाली बजारमा आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। यससँगै छापावाला सुन ९४ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन आधा महिना भन्दा बढी समयकै सस्तो

पछिल्लो गिरावटसँगै नेपाली बजारमा सुन आधा महिना भन्दा बढी समयकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य असार २६ गते अथवा १७ दिन यताकै महँगो रहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ। आज चाँदी १ हजार १ सय ८५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, साउन १२, २०७९११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पढाइलाई उमेरले छेकेन: बुढ्यौलीमा पनि एसइई उत्तीर्ण !