सुनको भाउ सामान्य घट्यो !

काठमाडौं,  नेपाली बजारमा सोमबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन ०९, २०७९१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भक्तपुर सल्लाघारीका रुख काट्न थलियाे