“नागरिकता विधेयक पारित भए देश फिजीजस्तै बन्छ”

काठमाडौं, एमाले सांसद गंगा चौधरी (सत्गौवा)ले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताइन् ।

१२ बुँदै सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाउँदै उनले ४० लाख विदेशीले नागरिकता लिएको बताइन्। ‘उनीहरुको सन्तानलाई वंशजका आधारमा नागरिकता दिए, देश कता जान्छ ?’ ,उनले बैठकमा प्रश्न गरिन्।

‘विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ? उनको प्रश्न थियो । चौधरीले नागरिकता विधेयक पारित भए देश फिजितिर जाने चेतावनी पनि दिएकी छन्।

“विवाह गरेर आउनेबित्तिकै नागरिकता दिन मिल्दैन।  कसलाई रिझाउन, कसको कुर्सीको निम्ति हामीले सबै कार्य गर्दै छौँ? यो देशलाई फिजितिर लगिँदै छ।”,चौधरीको भनाई छ।

प्रकाशित : शुक्रबार, साउन ०६, २०७९१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कांग्रेसलाई ‘साइज’मा ल्याउन प्रचण्ड-माधवले चाले नयाँ दाउ !