मापसे गरी उपत्यकामा सवारी चलाउने घटेनन्, दैनिक १२५ जनाभन्दा बढी चालक कारवाहीमा !

काठमाडौं,  काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी साधन चलाईरहेको अवस्थामा भेटिने गरेका छन् ।

कार्यालयका अनुसार गत असार २९ गते १०७, ३० गते १४४, ३२ गते १८३, साउन १ गते १३२, २ गते १२०, ३ गते १४० र ४ गते ५० जना सवारी चालकलाई मापसे गरी सवारी साधन चलाएकोमा कारवाही गरिएको छ ।

प्रकाशित : बिहिबार, साउन ०५, २०७९०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज पानी पर्ने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद् !