देउवाले भने – ‘प्रचण्ड र माधव नेपाललाई चटक्कै छाडेर जान सक्दिन’

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड र माधव नेपालको साथ छाड्न नसक्ने बताएका छन्। शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्नेक्रममा देउवाले प्रचण्ड र माधव नेपालको साथ छाड्न नसक्ने बताएका हुन्।

प्रचण्डलाई पहिले गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याएको र माधव नेपालले पार्टी फुटाएर आफूलाई साथ दिएका कारण दुवैलाई छाड्ने पक्षमा आफू नरहेको देउवाले बताए। कांग्रेस गठबन्धन गरेर पनि पहिलो पार्टी बन्ने देउवाको भनाई छ।

“प्रचण्ड र माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न हामीले मिल्दैन। प्रचण्डलाई पहिले गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याउनुभएको हो, माधव नेपाल झन् पार्टी फोरेर यो गठबन्धनमा आउनु भएको हो छोड्न मिल्दैन। सबैलाई समेटेर म लैजान्छु। कांग्रेस गठबन्धन गरेर पनि पहिलो पार्टी बन्छ। विश्वास गर्नुहोस्।”,देउवाले भने।

देउवाले आउँदो प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्नुपर्ने पनि बताए। स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएको र पहिलेको भन्दा केही सिट थप जितेको देउवाको भनाई छ।

उनले भने,”म पार्टीका सबैलाई मिलाएर लैजाने पक्षमा छु, मेरो तेरो भन्दिनँ, म सबैको सभापति हुँ। मेरो नेतृत्वमा कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउँछु, स्थानीय चुनावबाट कांग्रेस ठूलो पार्टी भयो, पहिलेभन्दा केही सिट थप जितियो। अब पनि गठबन्धन गरेरै जाने हो, एक्लै बहुमत आउने अवस्था छैन।”

प्रकाशित : शनिबार, असार ३२, २०७९२०:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?