संघीयता खारेजीको माग उठ्न थालेपछि तनावमा प्रचण्ड, राजतन्त्र फर्किने चिन्ता !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुश राजतन्त्र तर्फ फर्किने प्रयास भइरहेको बताएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले नेपालका केहि नेता निरकुशं राजतन्त्रकै दिशामा जान खोजिरहेको बताएका हुन्।

गएको केहि समय देखि विभिन्न राजनीतिक दलका नेताहरुले संघीयताको सम्बन्धमा कुरा उठाइरहेका छन्। केहि नेताहरुले त संघीयता खारेज गर्नुपर्ने अवस्था आइसकेको पनि बताइरहेका छन्। यस्तो बताउनेमा संविधान बनाउने भूमिका खेलेका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पार्टीका नेता समेत छन्।

नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई बिहीबार सम्बोध गर्नेक्रममा प्रचण्डले संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्ने बताए।

“आज भोलि केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरकुशं राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो। स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुद बनाउनुपर्यो। प्राकृतिक स्रोत साधनमाथी जनताको हक अधिकारलाई सुनिश्चित गर्नेतर्फ केन्द्रीत हुनुपर्छ।”,प्रचण्डले भने।

प्रचण्डले परिवर्तनका सबै मुद्धा उल्ट्याएर मुलुकलाई निरंकुशतातिर लग्न खोजिएको बताए। संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको सुनाए।

उनले भने,”हिजो एकथरी साथीहरुले नेपालमा गणतन्त्र नेपालमा सम्भव छैन भन्ने ठान्थे । संविधान बनाउने क्रममा ती पार्टीका नेताहरु हमेशा सशंकित हुन्थे। के भाउँतो ल्याएका होलान् । जाने मानेको गाविस ठिकै थिए । वडाहरू ठिकै थिए । सेन्टलाइज सिस्टम नै ठिकै थियो भन्ने लागि नै राखेको थियो ।”

त्यस्तै प्रचण्डले सबै राजनीतिक दल एउटै नभएको पनि दावी गरेका छन्। सबै राजनीतिक दल एउटै छन् भन्ने देखाउन खोजिएपनि सबै दलहरु भिन्न रहेको प्रचण्डको भनाई छ।

प्रकाशित : बिहिबार, असार ३०, २०७९१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“कम्युनिष्ट एक हुनैपर्छ भन्ने हाम्री मिसन जारी छ”