ओरालो लाग्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित : बुधबार, असार २९, २०७९१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह्वात्तै बढ्यो कोरोना संक्रमण, उपत्यकामा मात्रै सय भन्दा बढी संक्रमित भेटिए !