अन्ततः फुट्यो जसपा, बाबुराम मिले महन्थसँग !

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् ।

भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् ।

मंगलबार र बुधबार (२८, २९ असार) मा भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा बस्दै छ । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिनेछ । उता, उपेन्द्र समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार र बिहीबार (२९, ३० असार)मा वीरगन्जमा बस्दै छ ।

बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजन भएको हो । बाबुराम समूहले केन्द्रीय समिति बैठकको एजेन्डासमेत तय गरेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

बाबुराम र उपेन्द्र समूहको छुट्टाछुट्टै बैठक बस्द

बाबुरामनिकट नेता विश्वदीप पाण्डेले राजनीतिक प्रतिवेदनसँगै समसामयिक विषय’bout बैठकमा छलफल हुने बताए । ‘छलफल हुने विभिन्न एजेन्डा तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ ।

जसपाको केन्द्रीय समितिको विस्तारित बैठकका एजेन्डाहरूमा पार्टीको आन्तरिक अवस्था’bout छलफल, स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजनालगायतका विषयमा छलफल र विविध रहेका छन्,’ पाण्डेले भने ।

उता बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले सो बैठकलाई अवैधानिक बैठक भएको टिप्पणी गरेको छ । पार्टीको आधिकारिक बैठक वीरगन्जमा भइरहेको बताउँदै उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले काठमाडौंमा पार्टीको कुनै बैठक नभएको बताए ।

गत १३ असारमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार वीरगन्जमा बस्ने बैठक नै आधिकारिक भएको अधिकारीले बताए । अधिकारीले गैरजिम्मेवार व्यक्तिले विधानविपरीत बैठक बोलाएको आरोप लगाए ।

बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको छ । तर, त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’

प्रकाशित : मङ्गलबार, असार २८, २०७९०६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देउवा पनि ओलीकै बाटोमा गएपछि बिच्किए शेखर !