ओली भन्छन् – ‘देउवा सरकारले लुट्नु लुट्यो’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै पसेर लुटेको आरोप लगाएका छन्। केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले व्यापारीका प्रतिनिधि ल्याएर उनीहरूको आधारमा करका दर र अन्तःशुल्क तय गरिएको बताए। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ’, उनले भने, ‘कमसेकम चोरले पनि झ्यालढोका फोडेर चोर्छ। यो सरकारले त साँचोले खोेलेरै लुट्यो। हद होइन यो ?’ उनले यो सरकारको काम सकिएको भन्दै अविलम्ब हट्नुपर्ने बताए।

‘यिनीहरूको ठाउँमा सद्दे मान्छे कोही भए मैन पग्लेझैं पग्लिन्थे। तर यिनीहरू त त्यही अनुहार देखाएर ठिङ्ठिङ्ती हिँडिरहेका छन्। भाषण गरिरहेका छन्। सरकार हुँ भन्न लाज हुँदैन ?’ उनले यो सरकार मानेर चल्न नसकिने भन्दै आफैं नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए।

ओलीले पार्टीका विभागीय कामहरूलाई सक्रियतापूर्वक अघि बढाउन निर्देशन दिएका छन्। अध्यक्ष ओलीले निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गराउँदै निर्वाचनमा बन्ने कथित गठबन्धनलाई पराजित गर्न अहिलेदेखि नै योजनाबद्ध रूपमा लाग्नुपर्नेमा बताए।

प्रकाशित : शनिबार, असार २५, २०७९०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विदेशी बुहारीलाई सिधै नागरिकता दिने तयारी !