रमाको मृत्यु शंकास्पद: होस्टलको बेडमा टेकिएको थियो खुट्टा !

काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुल प्रांगण आइतबार दिनभर तनावपूर्ण रह्यो। शनिबार साझ ७ बजेतिर स्कुलकै होस्टलमा काम गर्ने रमा रायमाझी झुण्डिएको अवस्थामा मृत भेटिइन। रायमाझी काभ्रे तेमाल गाउँपालिका ८ घर भई हाल केएमसी स्कुलमा क्यान्टिनमा कार्यरत थिइन। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

स्कुलभित्रै कर्मचारीको मृत्यु भएपछि आफन्तले दिनभर स्कुल परिसर घेराउ गरे। आक्रोसित समूहले स्कुल तोडफोड गरेको छ। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ। स्थिति नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर काठमाडौँको अगुवाइमा प्रहरी परिचालन भयो।

परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृतक रायमाझीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन। घटनास्थलमा प्रहरीलाई समेत प्रवेश गर्न दिएनन। मैनालीले भने, ‘घटनाको अनुसन्धान गर्न र पीडितले न्याय पाउन अनुसन्धान हुनुपर्‍यो। अनुसन्धानै गर्न नदिएपछि कसरी न्याय पाइन्छ ?’ स्कुलमा घटना भएदेखि नै प्रहरी तैनाथ छ।

शनिबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुलमा पुगेको थियो। तर, आफन्तले शव निकाल्न दिएनन। मृतकका आफन्तहरूले आइतबार पनि लामो समयसम्म शव उठाउन दिएनन।

मृतकका मामा समीर केसीले रमाको आत्मह-त्या नभई ह-त्या भएको बताए। ‘होस्टलको बेडमा खुट्टा टेकेको छ। खुट्टा खुम्चिएको छ। खुट्टा टेकेर पनि कोही मर्छ ? शरीरको पछाडिको भागको लुगा सरेको छ। स्कुल प्रशासनले मृतकका आफन्तलाई खबर गर्नुपर्नेमा प्रहरीलाई मात्रै खबर गरेको थियो,’ उनले भने, ‘धेरै प्रहरी बोलाएर आफन्तलाई धम्काउन खोज्ने, मेरो भान्जी मार्ने अपराधीलाई स्कुलले नै ढाकछोप गर्ने ?’

प्रकाशित : सोमबार, असार २०, २०७९०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जनार्दन शर्मा जोगाउन अर्थ मन्त्रालयले मेट्यो सीसीटीभी फुटेज !