यी २ राशिलाई मिल्छ सबै भन्दा शुभ ग्रहको विशेष कृपा, जीवनमा मिल्छ हरेक सुख सुविधा

ज्योतिषशास्त्र अनुसार बृहस्पतिलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। बृहस्पतिलाई देवताहरूको गुरु पनि भनिन्छ। यस्ता दुइ राशि हुन् जसमा देवगुरु बृहस्पतिको विशेष कृपा रहन्छ। यी राशिका मानिसहरु अत्यन्त भाग्यमानी हुन्छन्। उनीहरुको जीवन सबै सुखसुविधाले भरिएको हुन्छ। जान्नुहोस् कुन राशिका मानिसहरु जसमा देवगुरु बृहस्पति कृपा रहन्छ।

धनु राशि 

यस राशिका मानिसहरुमा देवगुरु बृहस्पतिको विशेष कृपा हुने मानिन्छ। यी व्यक्तिहरूले शिक्षाको क्षेत्रमा धेरै नाम कमाउँछन्। उनीहरुको दिमाग तेजिलो हुन्छ। यी मानिस थुप्रै गुणले भरिपूर्ण हुन्छन्। हरेक काम निपूर्णका साथ समाप्त गर्छन्। तिनीहरू बुद्धिमान, निडर, साहसी र शान्त हुन्छन्। समाजमा आफ्नो पहिचान बनाउन चाहन्छन। जसका लागि उनीहरु अत्यन्त मिहिनेत गर्छन्। उनीहरुको जीवनमा धन तथा अन्नको कहिल्यै कमी हुँदैन।

मीन राशि 

यस राशिका मानिसहरुमा पनि देवगुरु बृहस्पती दयालु रहन्छन्। उनीहरुलाई आफ्नो कामको मात्र मतलब हुन्छ। तिनीहरूको बारेमा कसले के भनिरहेको छ वा संसारमा के भइरहेको छ, उनीहरूलाई केही मतलब हुँदैन। तिनीहरू सधैं आफ्नो बारेमा सोच्छन् र आफ्नो जीवनमा व्यस्त रहन्छन्। तिनीहरूले पहिले लक्ष्य सेट गर्छन् र त्यसपछि यसलाई प्राप्त गर्न सम्भव सबै प्रयास गर्छन्। यी मानिसले हरेक क्षेत्रमा मान-सम्मान प्राप्त गर्छन्।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के माता लक्ष्मीलाई प्रशन्न पार्न चाहनुहुन्छ ? भुलेर पनि नगर्नुहोस् स्य्सता ५ कार्य !