घरको यस दिशामा स्थापना गर्नुहोस् गणपतिको मूर्ति, राता-रात जाग्नेछ सुतेको भाग्य !

हिन्दू धर्ममा गणेशको पूजाको विशेष स्थान छ। हिन्दू धर्म मान्यता रहेको छ की कुनै पनि शुभ कार्य गर्दा भगवान गणेशको पूजा नगरी कार्यको प्राम्भ गरेर उक्त्त कार्य सम्पन्न नहुने मान्यता रहेको छ । मान्यता राहेको भगवान गणेशको आशीर्वादले सबै मनोकांक्षा पूरा हुनुका साथै दुःख-कष्ट नष्ट हुन्छ । तर वास्तुका अनुसार भगवान गणपतिको कृपा तब मात्र रहन्छ जब उनको सही दिशामा र सही स्थानमा स्थापित गरिन्छ । भगवान गणेशको मूर्ति घरमको उचित ठाउँमा राख्न आवश्यक छ। जसले घरमा सुख-समृद्धि प्राप्त हुन्छ ।

विशेष गरेर बुधबार भगवान गणेशको नाममा समर्पित छ। यस दिन गणेशजीको पूजा आराधना गरी व्रत बस्दा जीवनभर गणेशजीको कृपा कायम हुने मान्यता रहेको छ । साथै व्यक्तिको कुण्डलीमा बुध ग्रह कमजोर भएको स्थितिमा पनि बुधबारको व्रतले शुभ फल दिन्छ । भगवान गणेशलाई शक्ति, बुद्धि र वाणी दाता मानिन्छ।

भनिन्छ गणेशको कृपाले मानिसको सुतेको भाग्य पनि जाग्छ। वास्तुका अनुसार केही यस्ता कुरालाई ध्यानमा राख्नाले भगवान गणेशजीको कृपा प्राप्त गर्न सकिन्छ । जान्नुहोस् वास्तु अनुसार गणेशको मूर्तिको स्थापना गर्न के-के नियमको पालना गर्नु पर्छ ।

घरमा यस स्थानमा गणेशजीको मूर्ति स्थापना गर्नुहोस्
वास्तु शास्त्रमा गणेशको मूर्ति स्थापनालाई विशेष महत्व दिइएको छ । वास्तुका अनुसार घरमा गणपतिको मूर्ति राख्दा घरमा सुख–समृद्धि प्राप्त हुने मान्यता रहेको छ । वास्तु विज्ञहरुका अनुसार गणेशको मूर्ति स्थापना गर्दा घरको उत्तर–पूर्व दिशा उत्तम मानिन्छ ।

यस दिशामा गणेशजी मूर्ति भुलेर पनि नराख्नुहोस् 
वास्तु शास्त्रका अनुसार देवताका लागि केही दिशाहरू उपयुक्त हुँदैनन्। त्यसै अनुसार घरको दक्षिण दिशामा भुलेर पनि गणेशको मुर्ति स्थापना नगर्नुहोस्। घरको दक्षिण दिशालाई यमराजको दिशा मानिन्छ । साथै गणेशको मुर्ति स्थापना गरेको स्थानमा  फोहोर वा शौचालय आदि हुनु हुदैन।

गणेशको यस्ता मूर्तिको गर्नुहोस् स्थापना 
यदि घरमा गणपतिको मूर्ति स्थापना गर्न चाहनुहुन्छ भने घरमा सिमेन्ट,कागजको मुर्ति स्थापना गर्नु भन्दा धातु, गाईको गोबर वा माटोबाट बनेको गणेशको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ। घरमा उभिएको गणेशको मुर्ति भन्दा बसेको गणेशको मुर्ति स्थापना गर्नुहोस्। यसो गर्नाले घरमा सुख-समृद्धि कायम रहन्छ।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पैसा गन्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती, अन्यथा सधैँ हुनेछ पैसाको अभाव !