नेपाली चलचित्र ‘दि ब्रेक-अप’ बाट बअभिनय यात्राको सुरुवात गरेकी अभिनेत्री शिल्पा मास्के पछिल्लो समयमा युवा पुस्ता को रोजाइमा पर्न सफल भएकी छिन् । अभिनेत्री शिल्पालाई पहिलो चलचित्रबाट खासै राम्रो परिणाम दिन सकेन तर यस चलचित्रलाई युट्युबमा भने दर्शकले निकै रुचाएका थिए साथै अभिनेत्री शिल्पाको अभिनयको निकै तारिफ भएको थियो ।
अभिनेत्री शिल्पा उनको पहिलो चलचित्रमा अभिनेता आशिरमान देशराज जोशीको जोडी बनेर देखिएकी थिइन् ।
अहिले अभिनेत्रीलाई अभिनयमा खासै सक्रिय नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । जब अभिनेत्री उनको कुनै तास्बिर तथा भिडियो सार्वजनिक गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन ।
अहिले अभिनेत्री शिल्पालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० हजार भन्दा बढीले फलो गरेका छन् ।
केही दिन पहिले अभिनेत्रीले उनको नयाँ-नयाँ तस्बिर पोस्ट गरेकी थिइन् जुन अहिले निकै भाइरल भएको छ ।