के हो प्रदोष व्रत भनेको ? यस प्रकार छ यसका नियम र विधि: जसले मानिसलाई समृद्ध बनाउँछ !

प्रत्येक महिनाको कृष्ण पक्षमा र शुल्क पक्षमा त्रयोदशी पर्व मनाइन्छ । प्रत्येक पक्षको त्रीयोदशीको व्रतलाई प्रदोष व्रत भनिन्छ । सूर्य अस्त हुनु र रात पर्नु अघिको समयलाई प्रदोष काल भनिन्छ । यस समयमा भगवान शिवाको पूजा गर्नु निकै शुभ मानिन्छ । हिन्दू धर्ममा व्रत, उपासना, व्रत आदिलाई निकै महत्व दिइएको छ । निष्ठापूर्वक व्रत राख्नाले मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ ।

हिन्दु धर्ममा प्रत्येक महिनाको प्रत्येक तिथीमा कुनै न कुनै व्रत वा उपासन हुने भए पनि प्रदोष व्रतलाई ती सबै भन्दा धेरै मान्यता दिइएको छ । शास्त्र अनुसार महिनाको दुवै पक्षको त्रयोदशी तिथिको साँझको समयलाई प्रदोष भनिन्छ ।

प्रदोषको समयमा कैलाश पर्वतमा रहेको आफ्नो रजत भवनमा भगवान शिव नाच्ने विश्वास गरिन्छ। त्यसैले शिवलाई प्रसन्न गर्नका लागि यस दिन प्रदोष व्रत बस्ने गर्दछन् । यस व्रतको पालना गर्नाले सबै प्रकारका कलह र दोषहरू हट्छन्। कलियुगमा प्रदोष व्रत राख्नु धेरै शुभ मानिन्छ र यस व्रत गर्नाले भगवान शिवले कृपा प्राप्त हुने मान्यता रहेको छ।

प्रदोष व्रतको विधि
प्रदोष व्रत पूजाको समयका लागि साँझको समय निकै उत्तम मानिन्छ किनभने हिन्दू धर्मका अनुसार साँझ सबै शिव मन्दिरहरूमा प्रदोष मन्त्रको जप गरिन्छ।

प्रदोष व्रत नियम र विधि
प्रदोष व्रत बस्नका लागि सबैभन्दा पहिले त्रयोदशीको दिन सूर्योदयअघि उठ्नुपर्छ । नुहाइसकेपछि सफा लुगा लगाउनुपर्छ । त्यसपछि बेलपत्र, अक्षत, दीप, धूप, गंगाजल आदिले भगवान शिवको पूजा गर्नुहोस्।

यो व्रतमा अन्न खाना खाइँदैन । दिनभर व्रत बसेपछि सूर्यास्त हुनुभन्दा केही समय अगाडि फेरि नुहाएर सेतो रंगको वस्त्र धारण गर्नुहोस । शुद्ध पानी वा गंगाजलले पूजा स्थल शुद्ध गर्नुपर्छ। त्यसपछि गाईको गोबर लिएर यसबाट मण्डप तयार गर। पाँच फरक रंगकोले मण्डपमा रंगोली बनाउन सकिन्छ ।

पूजाको सम्पूर्ण तयारी गरिसकेपछि कुशको आसनमा उत्तर-पूर्व दिशा फर्केर बस्नु पर्छ।  भगवान शिवको मन्त्र ‘ॐ नामः शिवाय’  जप गर्नुहोस् र शिवलाई जल चढाउनुहोस्।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अद्भुत व्यक्तित्वका हुन्छन् यी ४ राशिका व्यक्ति, सजिलै जो कोहीलाई मोहित बनाउँछन् !