आफ्नाको लागि निकै भाग्यशाली हुन्छन् यी राशिका व्यक्ति, जीवनमा आउनासाथ हुन्छ शुभै-शुभ !

ज्योतिष शास्त्रका अनुसार व्यक्तिको नक्षत्र र कुण्डलीमा ग्रहको स्थिति- दशाको प्रभाव व्यक्ति आफैमा मात्र नभई यसको प्रभाव अरुलाई पनि हुन्छ । धेरै पटक मानिसहरूले भनेको सुन्नु भएको छ होला कुनै खास व्यक्तिको जीवनमा आगमनले जीवनमा सकारात्मक परिवर्तन वा खुसी आएको छ ।

वास्तवमा यो विशेष व्यक्ति जो पनि हुनसक्छ साथी, जीवनसाथी, प्रेमी वा सन्तान पनि हुन सक्छ। हरेक व्यक्तिमा कुनै न कुनै विशेष गुण हुन्छ, जुन उनीहरुका लागि र अरुका लागि फाइदाजनक हुन्छ । ज्योतिष शास्त्रका अनुसार यस्ता धेरै व्यक्ति हुन्छन् जो अरुका लागि भाग्यशाली मानिन्छन् । आउनुहोस् जान्नुहोस् ती व्यक्तिहरु को हुन् ?

कर्कट राशि

ज्योतिष शास्त्र अनुसार कर्कट राशिका मानिसहरुको स्वभाव निकै उदार र शान्त हुन्छ । यस राशिका मानिस अरूको भावनाको ख्याल राख्ने स्वभावका हुन्छन्। त्यस्तै यी व्यक्तिहरू आफू जोडिएको व्यक्तिको लागि पनि भाग्यशाली मानिन्छन्।यस राशिका मानिससँग विवाह गर्ने व्यक्ति निकै भाग्यशाली हुने मान्यता रहेको छ । साथै परिवारमा पनि उनीहरुको आगमनले खुसीयाली ल्याउँछ ।

सिंह राशि

सिंह राशिका व्यक्ति जसको जीवनमा प्रवेश गर्छन्  उसको जीवनमा सकारात्मक परिवर्तन आउन थाल्छ । ती व्यक्तिले आफ्नो जीवनमा प्रगति गर्न थाल्छ। यस राशिका व्यक्तिहरु राम्रो प्रशिक्षक बन्न सक्छन्। यस राशिका मानिसहरुको स्वभाव अलि क्रोधित हुन्छ । यस राशिका व्यक्तिहरू कहिलेकाहीँ आफ्नो स्वभावको कारण समस्या सिर्जना गर्छन्। तर उनीहरु आफ्नो नजिकका मानिसको लागि भाग्यमानी मानिन्छन् ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरु धेरै मेहनती हुने भएकाले मेहनतको आधारमा जीवनमा हरेक काममा सफलता हासिल गर्छन् । जसको जीवनमा यस राशिका व्यक्तिहरू प्रवेश गर्छन्, उनीहरूलाई जीवनमा अगाडि बढ्न प्रेरणा दिन्छ। साथै, तिनीहरूले समर्थन पनि प्रदान गर्छन्। यस राशिका मानिसहरू अलि अल्छी हुन्छन्। र यो समस्यालाई हटाउँदै हरेक क्षेत्रमा फरक पहिचान बनाउन सफल हुन्छन् ।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हनुमानलाई खुसी पर्न आज परेको छ विशेष दिन, यस्ता उपाय गर्नाले खुसीले भरिनेछ घर-परिवार !