पैसाको सङ्कट, पैसा हानि, अनावश्यक खर्च हुन् सामान्य कुरा हो। अधिकांश मानिसहरू यो समस्या भोगी रहेका छन्।यस्ता समस्याको समाधानको लागि धेरै उपाय छन्। पैसाको उचित व्यवस्थापन गर्न नसक्नुका साथै घरको दोष, कुण्डली दोष, खराब बानी पनि पैसाको अभावमा जिम्मेवार हुन्छन् ।
ज्योतिष शास्त्रमा केही यस्ता उपायहरु बताइएको छ जुन धन सम्बन्धी समस्याहरु हटाउन निकै प्रभावकारी हुन्छ । यी उपायको पालना गर्नाले आम्दानी बढाउँछ, अनावश्यक खर्चबाट बचाउँछ।
यस्ता छन धन् प्राप्तिको उपाय
यी उपायहरूले व्यक्तिलाई पैसाको अभावबाट बचाउनेछ। धन हानि हुनबाट जोगाउनुका साथै घरमा धनको आवागमन बढ्नेछ। यदि धेरै प्रयास गर्दा पनि धनको संकट अन्त्य हुँदैन भने, घर मूलीले दैनिक सेतो चन्दनको तिलक लगाउनुपर्छ र घरको भान्छामा नै खाना खानुपर्छ। यसले धन प्राप्तिको नयाँ बाटो सिर्जना गर्नेछ।
मानव जीवनमा धन प्राप्तिको लागि धनकी देवी लक्ष्मीको आशीर्वाद हुन आवश्यक छ । यसका लागि अमावस्याको रात घरको उत्तर पूर्व दिसामा गाईको घ्यूको दियो बाल्नुहोस् । साथै, कपासको बत्तीको सट्टा, यसमा रातो कपासको धागो वा कलवा प्रयोग गर्नुहोस्। घ्यूमा केसरको रेसा पनि हाल्नुहोस्। यस्तो दियो बाल्दा घरमा धनको आवागमन बढ्छ ।
दक्षिणावर्ती शंख धनकी देवी लक्ष्मीको अति नै प्रिय हुन्छ। यस शखलाई लक्ष्मीको रूप मानिन्छ । घरको खर्च अनावश्यक रूपमा बढ्दै गएको छ र त्यसलाई नियन्त्रण गर्न असम्भव हुनु भएको छ भने बिहीबारको दिन दक्षिणावर्ती शंखमा दूध भरेर भगवान विष्णुलाई अभिषेक गर्नुहोस् । यसो गर्दा अनावश्यक खर्चबाट राहत मिल्नेछ। साथै, त्यहाँ धान आउने बाटो खुल्नेछ।