भोलि लाग्नेछ वर्षको पहिलो चन्द्र ग्रहण, जान्नुहोस् सुतक अवधि सहित कहाँबाट र कसरी देखिनेछ ?

वर्षको पहिलो चन्द्र ग्रहण वैशाख शुक्ल पक्ष तिथि जेठ महिनाको २ गते सोमबार पूर्णिमामा लाग्दैछ । यो पूर्ण चन्द्र ग्रहण हुनेछ। यसै दिन बुद्ध पूर्णिमा पनि मनाइन्छ । चन्द्र ग्रहणको अवधि करिब १ घण्टा २४ मिनेटको हुनेछ । यो जेठ २ गते बिहान लगभग ९ बजे सुरु हुनेछ र १०:२३ मा समाप्त हुनेछ। ग्रहणलाई धार्मिक दृष्टिकोणले शुभ मानिँदैन । यो समयमा विशेष सावधानी अपनाउन सल्लाह दिइन्छ। जान्नुहोस् जेठ २ गते लाग्ने ग्रहण कहाँ र कसरी देखिनेछ।

सुतक अवधि मान्य हुन्छ कि हुँदैन ?

नेपालमा बिहान चन्द्र  ग्रहण लाग्ने भएकाले यहाँ दृश्यावलोकन गर्न सकिने छैन। जसका कारण यसको सुतक अवधि मान्य हुने छैन । तर चन्द्र ग्रहणको सुतक अवधि ग्रहण सुरु हुनु  भन्दा ९ घण्टा अगाडिबाट सुरु भएर ग्रहणको अन्त्यसँगै समाप्त हुन्छ । धेरैले हरेक ग्रहणलाई गम्भीरताका साथ लिने र यसको सुतक अवधिलाई पनि विचार गर्छन्। त्यसैले यो ग्रहणको सुतक जेठ १ गते राति करिब १२ बजेदेखि सुरु हुने र यो ग्रहणको अन्त्यसँगै समाप्त हुनेछ।

कहाँ-कहाँ देखिनेछ जेठ २ गते लाग्ने चन्द्र ग्रहण ?

यो चन्द्र ग्रहण दक्षिण–पश्चिम युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, दक्षिण–पश्चिम एसिया, अफ्रिका, प्रशान्त महासागर, हिन्द महासागर, एट्ला:-न्टिक र अन्टार्कटिकाका अधिकांश भूभागमा देखिनेछ । यो ग्रहण नेपालबाट भने देखिने छैन । त्यसैले यसको नेपालमा भने कुनै असर पर्दैन ।

चन्द्र ग्रहणको समयमा कस्ता कार्य गर्न हुँदैन ?
यो समयमा खाना पकाउने र खाने कुरा नगर्नुहोस्। देवी-देवताको मूर्तिलाई नछुनुहोस्। यस समयमा सुत्ने र दिसा र पिसाबबाट बच्नुपर्छ।ग्रहणको समयमा गर्भवती महिलाले घरबाट बाहिर निस्कनु हुँदैन । गर्भवती महिलाले पनि ग्रहणको समयमा धारिलो वस्तुको प्रयोग गर्नु हुँदैन ।
चन्द्रग्र हणको समयमा रुख र बोटबिरुवालाई छुनु हुँदैन ।

चन्द्र ग्रहणको समयमा कस्ता कार्य गर्नै पर्छ ?
ग्रहणको समय सुरु हुनुअघि पाकेका खानामा खानु भन्दा पहिले खानामा तुलसीको पात राख्नुपर्छ ।  देवी-देवतालाई मन मनै सम्झने।  ग्रहणको समयमा, चन्द्र ग्रहको शान्तिको लागि तिनीहरूको मन्त्र जप गर्नुहोस्।  ग्रहण अवधि सकिएपछि घर सफा गर्नुपर्छ ।  ग्रहणपछि अभावमा परेकालाई केही दान पनि गर्नुपर्छ ।

यसरी हेर्न सकिन्छ चन्द्र ग्रहण

नेपालमा ग्रहण नदेखे पनि घरमै बसीबसी यसको सुन्दर दृश्य हेर्न सकिन्छ । ग्रहण प्रत्यक्ष प्रसारण ‘युट्युब’ मा हेर्न सक्नुहुन्छ। धेरै च्यानलहरूले ग्रहण प्रत्यक्ष देखाउँछन्।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइतबारको दिन गर्नुहोस् यस्ता उपाय, जीवनमा हुनेछ खुब प्रगति !