केही समय यता बलिउड क्षेत्रमा ‘साउथ’ चलचित्रको रिमेक बनाउने प्रचलन बढेको छ । केही दिन पहिले सहिद कपूरको फिल्म ‘जर्शी रिलिज भएको थियो । जलाई भारत कै ‘साउथ’ चलचित्रको रिमेक भनिएको थियो ।
गत आइतबार बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘पृथ्वीराज’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्र जुन ३ तारिकमा रिलिज हुने छ । यस चलचित्रमा नायक अक्षय कुमार मुख्य भूमिकामा देखिने छन् भने अभिनेत्रीको रुपमा मानुषी छिल्लर देखिने छिन् । पछिल्लो समयमा ‘साउथ’ चलचित्र पुष्पा, आरआरआर, केजीएफ २ जस्ता चलचित्रले बलिउडलाई निकै दबाबमा राखेको छ ।
अहिले मानिसहरुलाई सार्वजनिक बलिउड चलचित्र ‘पृथ्वीराज’ को ट्रेलरले साउथ चलचित्रको झल्को दिएको छ । यस चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीको निर्देशन गरेका छन् भने फिल्म ‘पृथ्वीराज’ यशराज ब्यानरमा निर्माण भएको छ । यस फिल्ममा अक्षय कुमार र मानुषी छिल्लर बाहेक संजय दत्त, सोनु सुद पनि मुख्य भूमिकामा देखिने छन् ।