सन् २०२३ सम्म प्रिय राशिमा विराजमान रहनेछ बृहस्पति, ३ राशिलाई धनलाभको प्रबल योग

काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले एक निश्चित समय अन्तरालमा गोचर गर्दछ। ग्रहको राशि परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। ज्ञान र बुद्धिका कारक ग्रह बृहस्पतिले चैत्र २९ गते(१२ अप्रिल) आफ्नो प्रिय राशि मीनमा गोचर गरेको छ।

ज्योतिष शास्त्रमा बृहस्पति ग्रह ज्ञान, बुद्धि, शिक्षक, सन्तान, शिक्षा, धन, दान र पुण्यसँग सम्बन्धित हुने बताईएको छ। बृहस्पति ग्रहको राशि परिवर्तनको प्रभाव सबै १२ वटै राशिहरुमा पर्नेछ। त्यसमध्ये ३ राशि यस्ता छन्, जसको राशि परिवर्तनबाट राम्रो धनलाभ हुनेछ। जान्नुहोस् यी ३ राशिका बारेमा…

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बृहस्पतिले वृष राशिको ११ औँ भावमा गोचर गरेको छ। जसलाई आय र लाभको स्थान भनिन्छ। त्यसैले यस अवधिमा तपाईको आम्दानीमा वृद्दि हुनेछ। साथै आयका नयाँ श्रोतहरु सिर्जना हुनेछन्।

व्यापारमा राम्रो धनलाभको योग छ। यससँगै व्यापारिक सम्झौता पनि हुन् सक्छ, जसबाट तपाईलाई मनग्यै लाभ हुनेछ। यस अवधिमा तपाईको कार्यशैलीमा पनि सुधार आउनेछ, जुन देखेर तपाईको बोस प्रसन्न हुनेछन् र तपाईको प्रशंसा हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि बृहस्पतिको गोचर लाभदायी रहनेछ। बृहस्पतिले तपाईको राशिको दशम भावमा गोचर गरेको छ। जसलाई काम, व्यापार र कार्यक्षेत्रको भाव भनिन्छ। त्यसैले यस अवधिमा तपाईले नयाँ कामको प्रस्ताव पाउनुहुनेछ। साथै यस समयमा तपाईको बढुवा तथा कार्यसम्पादन मूल्यांकन हुनेछ।

व्यापार व्यावसायमा राम्रो आम्दानी हुनसक्छ। यसका साथसाथै नयाँ व्यापारिक सम्बन्ध स्थापना र व्यापार विस्तार हुनसक्छ। मार्केटिङ र मिडिया क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय राम्रो रहनेछ। मिथुन राशिमा बुधदेवको आधिपत्य हुन्छ। ज्योतिष शास्त्र अनुसार बुध र बृहस्पति ग्रहबीच मित्रताको योग हुन्छ। त्यसैले यो समय तपाईको लागि शुभ फलदायी साबित हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बृहस्पतिको गोचर कुण्डलीमा नवम भावमा भएको छ, जसलाई भाग्य र विदेश यात्राको भाव भनिन्छ। त्यसैले यो समयमा तपाईले भाग्यको पूर्ण साथ पाउनुहुनेछ। यससँगै रोकिएका काम पनि बन्नेछन्। व्यापारको सिलसिलामा लामो यात्रामा निस्कनुपर्नेछ। खानपान, होटेल तथा रेस्टोरेन्टको व्यापारमा जोडिएका मानिसहरुले यस अवधिमा विशेष लाभ हासिल गर्नेछन्।

बृहस्पतिको गोचरले कर्कट राशिका मानिसहरुलाई आफ्नो लक्ष्य र कार्य पूरा गर्नलाई सक्षम बनाउँछ। बृहस्पति ग्रह तपाईको छैठौँ भावको स्वामी हो, जसलाई रोग र शत्रुको स्थान भनिन्छ। त्यसैले यस समयमा तपाईले शत्रुमाथि विजय हासिल गर्नुहुनेछ र शत्रुको सर्वनाश हुनेछ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१८:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसैसँगको पहिलो भेटमा ख्याल गर्नुस् यी कुरा, अन्यथा भोग्नुपर्नेछ नोक्सानी