वर्षको पहिलो चन्द्रग्रहण आउन अब ८ दिन मात्रै बाँकी छ । यो पूर्ण चन्द्रग्रहण हुनेछ र यसको प्रभाव सबै राशिहरुमा पर्नेछ।
वर्षको पहिलो चन्द्रग्रहण लाग्न अब केही दिन मात्र बाँकीछ र यो ग्रहण वैशाख पूर्णिमाको दिन लाग्नेछ । यसअघि अप्रिल महिनाको ३० तारिकमा सूर्यग्रहण लाग्ने भएको थियो । यो ग्रहण पूर्ण चन्द्रग्रहण भएपनि नेपालमा भने देखिने छैन । त्यसैले यस ग्रहणको सुतक अवधि मान्य हुने छैन। तर यस ग्रहणको प्रभाव सबै राशिका मानिसमा पर्नेछ ।
यो चन्द्रग्रहण मे १६ मा वृश्चिक राशिमा लाग्दैछ । यसका साथै यस दिन विशाखा नक्षत्र पनि रहनेछ । यस चन्द्रग्रहणको दिनमा बन्ने ग्रह र नक्षत्रको संयोजन ३ राशिका व्यक्तिका लागि निकै शुभ साबित हुने भएको छ, कुन-कुन ?
मेष राशि
चन्द्रग्रहणको समयमा मेष राशिका लागि शुभ साबित हुने भएको छ। यस राशिका व्यापार संलग्न व्यक्तिले राम्रो नाफाको अपेक्षा गर्नेछन् । कार्यस्थलमा पदोन्नतिको पनि प्रबल सम्भावना छ । अचल सम्पतिमा लगानीका लागि पनि समय उपयुक्त छ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ। यस समयमा हतारमा कुनै पनि निर्णय गर्नबाट जोगिनुहोला ।
सिंह राशि
यस राशिका मानिसहरुमा चन्द्रग्रहणको शुभ प्रभाव पर्ने भएको छ । चन्द्र ग्रहणको प्रभाबक कारण सिंह राशिका व्यक्तिको आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ । वरिष्ठ अधिकारीहरु सँगको सम्बन्ध सुमधुर हुनेछ। आम्दानी बढ्ने सम्भावना छ । लगानीबाट पनि लाभ लिन सकिनेछ । लामो दुरीको यात्रा फलदायी साबित हुनेछ। कार्य स्थलमा जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ ।
धनु राशि
धनु राशिका लागि ग्रहण शुभ साबित हुने भएको छ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ । आम्दानीको स्रोत बढ्नेछ । फसेको धन फिर्ता हुनसक्छ । पुरानो रोगबाट मुक्ति मिल्ने सम्भावना छ । कुनै पनि निर्णय गर्नुअघि घरका अग्रज व्यक्तिहरूको राय लिनु शुभ हुनेछ ।