बैशाख २५ गतेको राशिफल : ४ राशिलाई प्रचुर लाभको योग छ, २ राशि पर्नेछन् झमेलामा

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ बैशाख २५ गते आइतबार हो। आइतबार बैशाख महिनाको शुक्लपक्षको सप्तमी तिथि हो।

बैशाख २५ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। आइतबारको दिन सूर्यदेवलाई समर्पित हुन्छ। यसैकारण आइतबारको दिन सूर्यदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। आइतबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख २५ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – आइतबार (Sunday)।।। नक्षत्र – तिष्य , ११:५६ बजे उप्रान्त अश्लेषा ।।। तिथि – सप्तमी , १३:२३ बजे उप्रान्त अष्टमी ।।। करण – वणिज १३:२३ बजेदेखि भद्रा , २६:०५ बजे उप्रान्त कौलव ।।। योग –गण्ड , १७:५७ बजे उप्रान्त वृद्धि ।।। बैशाख २५, २०७९, आइतबार ।।। ८ मे, सन् २०२२ ।।। सप्तमी, बैशाख शुक्लपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २२ ।।। सूर्यास्त(sunrise) – १८:४१ ।।। कार्यक्रमहरू : गंगोत्पत्ति सप्तमी, रवि सप्तमी व्रत, विश्व रेडक्रस दिवस(World Red Cross and Red Crescent Day)  ।।।  शुभ साइत : – रुद्री गर्ने साइत, पसल खोल्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापार व्यवासायमा लाभ हुनेछ। रमाइलो लामो दुरीको यात्रा हुनेछ। घरमा शुभ कार्य हुनेछ। आर्थिक लेन-देनमा लाभ हुनेछ। पत्नीको अवास्थ्यको चिन्ता बढ्ने छ। आमाबाट लाभ हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

समय अनुकूल रहेको छ। व्यापार-व्यवसायमा झमेला आउनेछ। आलस्यता बढ्नेछ। शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। प्रतिस्पर्धीसँग विवाद हुनसक्छ। शत्रु सक्रिय हुनेछन्। पारिवारिक वातावरण रमणीय हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

खानपानमा विशेष ध्यान दिनुहोला। वाहनको प्रयोग गर्दा सावधानी अपनाउनुहोला अन्यथा विवादमा फस्न सकिने छ। आकस्मिक धन खर्च बढ्ने छ। लामो दुरीको यात्राको सम्भावना रहेको छ। धार्मिक स्थलको भ्रमण हुनेछ। मन प्रसन्न हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

स्वादिष्ट भोजन हुनेछ। आफन्त तथा साथीभाइबाट नयाँ वस्त्र प्राप्त हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। नोकरी तथा व्यवसायमा समय अनकुल रहेको छ। नयाँ कामको थालनी नगर्नुहोला। अचानक खर्चमा वृद्धि हुनसक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

व्यापार-विस्तारको लागि समय अनकुल रहेको छ। उचित स्थानमा धन खर्च हुनेछ। आर्थिक लाभ हुनेछ। काममा सहकर्मीसँग विवाद हुनसक्छ। क्रोधलाई नियन्त्रणमा राख्नुहोला अन्यथा विवादमा फस्न सकिनेछ। नयाँ कामको थालनीको लागि समय अनकुल रहेको छैन।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन शुख शान्तिपुर्वक बित्नेछ। नयाँ वस्त्र खरिद हुनेछ। कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। व्यापारको लागि दिन निकै शुभ रहेको छ। आर्थिक कारोबार सहज हुनेछ। घरमा शान्तिको वातावरण सिर्जना हुनेछ। स्वास्थ्य राम्रो हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन मध्यम फलादायी रहेको छ। शारीरिक तथा मानसिक स्फूर्तिको अभाव हुनेछ। घरमा कलहको वातावरण सिर्जना हुनेछ। व्यापारिक क्षेत्रमा मान-हानिको सम्भावना रहेको छ। मध्याह्नपछि शारीरिक स्वास्थ्यमा सुधार हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दाम्पत्य जीवनमा आएको समस्याको समाधानको उपाय निस्किने छ। व्यवसायीहरुको लागि समय अनकुल रहेको छ। आफन्त तथा साथीभाइसँगको सम्बन्ध सुमधुर हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आफन्तबाट मन दुख्न सक्छ। स्वास्थ्य राम्रो हुनेछ। आर्थिक लाभ हुनेछ। पार्टी तथा समारोहमा सहभागी हुने अवसर मिल्नेछ। साथै उत्तम भोजन हुनेछ। नयाँ साथी बन्नेछन्। बाबुबाट शुभ समाचार मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा वातावरण अनकुल हुनेछ। दैनिक कार्य सहज हुनेछ। दिन आनन्दमय हुनेछ। दिउँसोपछि आर्थिक लेन-देन नगर्नुहोला। सहकर्मीको सहयोग प्राप्त हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

धार्मिक तथा सामाजिक कार्यमा धन खर्च हुनेछ। आफन्तसँग विवाद हुनसक्छ। चोट पटकको सम्भावना रहेको हुँदा सचेत रहनुहोला। मध्यान्ह पछि रोकिएका काम पुरा हुनेछ । काममा सहज वातावरण हुनेछ। काममा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दैनिक कार्य सहज हुनेछ। दिन आनन्दमय हुनेछ। दाम्पत्य जीवनमा आएको समस्याको समाधानको हुनेछ।  मान-हानिको सम्भावना रहेको छ। रमाइलो लामो दुरीको यात्रा हुनेछ। आर्थिक लेन-देनमा लाभ हुनेछ। घरमा शुभ कार्य हुनेछ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९२१:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : बैशाखको अन्तिम साता सुखद् रहनेछ ६ राशिलाई, प्रशस्तै लाभका अवसर मिल्नेछ