अरबपतिका राशि : २ राशिका मानिस बन्छन् अरबपति, एक राशिको हातमा लाग्छ शून्य

काठमाडौँ : हरेक मानिस पैसा कमाउन चाहन्छन्। त्यसैका लागि उनीहरु दिनरात मेहनत गर्छन् ताकि आफूलाई काबिल बनाउन सकियोस्। मानिसहरु लखपति, करोडपति या अरबपति बन्ने सपना देख्छन्। करोडपति वा अर्बपति बन्नको लागि कडा परिश्रम, समर्पण र भाग्य पनि चाहिन्छ भन्ने विश्वास कतिपयको छ। हालै गरिएको एक अनुसन्धानबाट ५० अरबपतिहरुका राशिबारेमा खुलाईएको छ। ती राशिकै आधारमा मानिस अरबपति बन्ने सम्भावना कत्ति छ भन्ने अनुमान गरिएको छ।

यो अनुसन्धान अनलाइन बेटिङ साइट ‘टाइमटुप्ले(Time2Play)’ द्वारा संसारका ५० सबैभन्दा धनी व्यक्तिहरुमा गरिएको थियो। अनुसन्धानबाट अरबपतिहरुबीचका साझा कुरा खोजी गरिएको थियो। अनुसन्धानमा अरबपतिका जन्मदिन, जन्मवर्ष पनि सार्वजनिक गरिएको छ।

अर्बपतिमा गरिएको अनुसन्धान अनुसार ५० अर्बपतिमध्ये ८ जना तुला राशि, ८ जना मेष राशि, ५ जना सिंह राशि, ५ जना वृश्चिक राशि, ३ जना कुम्भ राशि, ३ जना कर्कट राशि, ३ जना मकर राशि, ३ मिथुन राशि, ३ कन्या राशि र २ वृष राशिका मानिस छन्। विश्वका ५० अर्बपतिको सूचीमा धनु राशि भएका कुनै पनि व्यक्ति नपरेको अनुसन्धानमा खुलासा भएको छ।

अनुसन्धानका अनुसार जन्म महिना हेर्दा धेरैजसो अरबपति अक्टोबर महिनामा जन्मिएका थिए। ११ जना अरबपति अक्टोबरमा, ५ जना अगस्टमा, ५ जना जुनमा, ३ जना जनवरीमा, ३ जना फेब्रुअरीमा, ३ जना मार्चमा, ३ जना अप्रिलमा र ३ जना सेप्टेम्बरमा जन्मिएका थिए। त्यसैगरी जुलाईमा २ जना र नोभेम्बरमा १ जना अरबपति जन्मेका थिए। ५० जनाको सूचीमा डिसेम्बर महिना जन्मिएका कुनै अरबपति थिएनन्।

अनुसन्धानका अनुसार अमेरिकामा जन्मेका १९ जना अर्बपति छन्। त्यसपछि चीनमा ११, फ्रान्समा ५, जर्मनीमा ३, जापान र क्यानडामामा २ र भारत, मेक्सिको, दक्षिण अफ्रिका, इजरायल, इटली, युक्रेन, स्पेन र यमनका १-१ मानिस अर्बपतिको सूचीमा परेका छन्।

यस अनुसन्धानका अनुसार ५० अर्बपतिको सूचीमा सबैभन्दा बढी अर्थात ४ जना सन् १९५७ मा जन्मिएका थिए। यसबाहेक सन् १९४८, १९४९, १९५१, १९६२, १९६४ र १९७१ मा जन्मिएका ३–३ जना अर्बपतिको सूचीमा परेका छन्। यसबाहेक सन् १९३०, १९३८, १९४०, १९५३, १९५४, १९५५, १९५६, १९८०, १९८३ र १९८४ मा जन्मिएका १–१ जना अर्बपतिको सूचीमा परेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख पूर्णिमाको दिन लाग्दै वर्षको पहिलो खग्रास चन्द्र ग्रहण, अपनाउनुहोस् यस्ता सावधानीका उपाय !